मंगलबार, फागुन २५ २०७७
काठमाडौं १२:२०
वासिङटन डिसी 01:35

न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार सहयोग

इनेप्लिज २०७७ माघ १४ गते २:०३ मा प्रकाशित

न्युयोर्कको बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्गले वाई वाई नेपाल स्टारका लामालाई एक लाख एक हजार एक सय एघार रुपैया सहयोग गर्नु भएको छ ।

अमेरिकाको न्युयोर्क ज्याक्सन हाईट स्थित बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गरी रहनु भएका पशुपति श्रेष्ठ सिपीएले हालै नेपालमा संचालन भइरहेको वाई वाई नेपाल स्टारमा टप ५ हुन सफल हुनु भएका काठमाडौं तारेभिर निवासी सुरेश लामालाई (रू १,११,१११|-) एक लाख एक हजार एक सय एघार रुपैयाँ सम्मान स्वरुप नेपालका वरिष्ठ गायक रामकृष्ण ढकाल मार्फत हस्तान्तरण गर्नु भएको छ ।

सिपीए श्रेष्ठले सुरेश लामालाई मात्र नभएर न्यूयोर्कमा भएका विभिन्न नेपाली संघसंस्था लगायत बिभिन्न देश र ठाउँहरुमा समस्या परेका नेपालीहरुलाई सहयोग गर्दै आउनु भएको छ । सिपिए श्रेष्ठ अमेरिकामा न्यूयोर्क र अन्य विभिन्न राज्यमा ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गर्दै आउनु भएको छ ।

उहाँले अन्य अध्यागमन मुद्दामा पनि नेपालीहरुलाई सकेको सक्दो सहयोग गर्नु हुन्छ । सुरेश लामाले गाएको सुन्दा उहाँले भोलि देशकै इज्जत राख्न सक्नु हुनेछ भन्नु हुन्छ । प्रतिष्पर्धी गायक लामाको बारेमा अन्य विभिन्न बिषयमा बुझ्दा पनि सहयोग गर्ने भावना जागेको भन्नु हुन्छ ।

सिपिए श्रेष्ठ सम्भव भए सम्म र सकेको सहयोग गर्नु पाउँदा आफूलाई खुसी राख्न सफल भएको महसुस हुन्छ भन्नु हुन्छ । सिपिए श्रेष्ठले सहयोगको लागि समन्वय गर्नु हुने केशवराम राईलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

प्रतिक्रिया