बाइडेनले २० करोड कोरोना बिरुद्धको खोप खरिद गर्ने घोषणा
राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरस बिरुद्धको खोप विनियोजन र वितरणलाई द्रुतगतिमा अगाडि बढाउने उद्देश्यका साथ मंगलबार विभिन्न योजनाहरूको घोषणा गरेका छन् ।
जसमा करिब २० करोड थप खोपको खरिदको खरिद र राज्यहरुलाई अर्को हप्ता सम्म लाखौं खुराक (डोज )वितरण गरिने जनाएका छन् ।
ती थप खुराकका साथ बाइडेनले ग्रीष्म ऋतुको अन्त्यमा वा शरद ऋतुको अगाडी सम्म ३० करोड लगभग सम्पूर्ण अमेरिकी जनसंख्यालाई पूर्ण रूपमा खोप दिन पर्याप्त हुने जनाए ।
“अब हामीसँग कोविड-१९ लाई परास्त गर्न राष्ट्रिय रणनीति भएको बताए । यो व्यापक छ। यो विज्ञानमा आधारित छ ,राजनीतिमा होइन। यो सत्यमा आधारित छ, अस्विकारमा होइन,र यो विस्तृत छ,” उनले भने।
बाइडेनले मंगलबार घोषणा गरेको प्रयास अन्तर्गत अमेरिकाले फाइजर / बायोएनटेकबाट १० करोड र मोडेर्नाबाट १० करोड थप खरीद गर्नेछ । दुई खुराक खोपहरू जसलाई युएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले (एफडिए)ले आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ।
श्रोत :सिएनएन
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया