काठमाण्डौं,डायोस्पोरिक साहित्यकार कृष्ण बजगाईले तेह्रौं कृतिको रुपमा ‘संवैधानिक पत्नी’ लघु कथा सङ्ग्रह बजारमा ल्याएका छन्।उक्त लघु कथा सङ्ग्रह विवेक सिर्जनशील प्रकाशन प्रा.लि.काठमाण्डौंले प्रकाशित गरेको हो।
नियात्रा,कथा लगायतका विभिन्न विधामा कलम चलाउने बजगाईंको संवैधानिक पत्नी चौथो लघु कथा सङ्ग्रह हो।
संवैधानिक पत्नीमा नेपाली तथा डायोस्पोरिक जीवन र समाजको भोगाईको जीवन्त प्रतिबिम्ब छ।कथा मार्फत नेपालको सामाजिक,राजनीतिक,आर्थिक,प्रशासनिक,प्रेम र यौनमा देखिने गरेको संगतिहिनता प्रति तीब्र व्यंग्य गरेका छन्।कौतुहलमय शैली,रोचक,घोचक, तीब्र र रहश्यमय पटाक्षेपका कारण कथाहरु आस्वाद्य बनेका छन्।
बेल्जियम र बेलायतमा लामो समय बिताएका बजगाईं साहित्य सिर्जना,प्रकाशन र साहित्यिक संघ संस्थाहरुमा सक्रिय छन्।समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष रहेका बजगाईं विगत १४ वर्ष देखि समकालीन साहित्य डट कम नामक वेव पत्रिकाको सम्पादन तथा प्रकाशन गर्दै आएका छन्।
उनी बेलायत बाट प्रकाशित हुने नेपाली भाषाको अन्तर्राष्ट्रिय साहित्यिक जर्नल ‘प्रवासन’का प्रधान सम्पादक हुन्।
प्रतिक्रिया