चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका चर्चित साथीले चुनावमा धाधली भएको भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द गरिएको छ ।
सामाजिक संजाल ट्वीटरका प्रवक्ताले उक्त जानकारी गराएका हुन् ।
गत सोमबार राति देखि उनको खाता बन्द गरिएको छ । गत जनवरी ६ मा सदनमा भएको आक्रमण र बिद्रोह पछि नया नीति ल्याई सामाजिक संजालले गलत सूचना पटक पटक दिनेलाई स्थायी रुपमा खाता बन्द गर्ने गरेकोले माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द गरिएको हो ।
प्रवक्ताका अनुसार उनले हाम्रो नागरिक अखण्डता नीतिको बारम्बार उल्लङ्घन कारण निलम्बन गरिएको ” जनाएका छन् । तर कुन चाही उको खाता बन्द गरिएको हो भन्ने बारे जानकारी गराईएको छैन ।
लिनडेलले ट्रम्पलाई साथ दिदै अन्तिम समयमा व्हाइट हाउस छोड्ने बेलामा चुनावमा धाधली र चोरी गरिएको भनि उनले बोले पछि अमेरिकाका अत्यन्तै चर्चित खुद्रा व्यवसायी बेड एण्ड बाथ लगायतले उनका उत्पादनहरु नबेच्ने घोषणा गरेका थिए ।
श्रोत :सिएनएन
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया