शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:३१
वासिङटन डिसी 01:46

अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु

इनेप्लिज २०७७ माघ १३ गते ११:४३ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ४७ हजार २ सय ५४ पुगेको छ । यसै गरि मृत्यु हुनेको संख्या १ हजार ७ सय ५८ पुगेको छ । उक्त आँकडा गत सोमबार जनवरी २५ को दिन जोन्स हप्किन्स बिश्वबिद्यालयले निकालेको हो ।

हाल सम्म अमेरिकामा ४ करोड १४ लाख १८ हजार ३ सय २५ खोप वितरण भै सकेको छ भने कम्तिमा २ करोड २७ हजार ३४ हजार २ सय ४३ जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।

यसै गरि मृत्यु दरमा पनि त्यति ठूलो रुपमा घटेको छैन भने ४५ वटा राज्यहरुमा नयाँ कोभिड-१९ को संख्यामा कमि आएको छ ।

नयाँ संक्रमितको संख्यामा बिगत दुई हप्तामा ३० प्रतिसतले घटेको छ भने सीमित रुपाम खोप वितरण भएकोले अझ पनि सही नयाँ प्रजातिको कोरोना बारेमा स्पष्ट पत्ता लागि सकेको छैन ।

अमेरिकामा हाल सम्म २ करोड ५६ लाख ७५ हजार ७ सय ८२ जना संक्रमित भएका छन भने ४ लाख २७ हजार ३ सय ३३ जनाको मृत्यु भै सकेको छ ।

हाल सम्म अमेरिकामा ९१ लाख २२ हजार ८ सय ५५ जना निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन/अन्य

प्रतिक्रिया