प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ सार्वजनिक

इनेप्लिज २०७७ माघ १३ गते ८:५१ मा प्रकाशित

काठमाडौं । प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत किशोर कीशो पंधाकले निर्देसनगरे।परदेशीको पीडामा कथा समेटि सम्पत्तिमा बिक्ने माया सार्वजनिक भएको हो।खगेन्द्र पन्धाक लिम्बूको शब्द र संगीत रहेको गीतमा कुमार सानुको मिक्सिङ र श्याम लिम्बू ९रिजन० को एरेञ्ज रहेको छ।

‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक,नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम इन्दु जिमी ,नैना वनेम, लक्ष्मी लिम्बू, रत्न थापा,तीलक सोमल मगर,पूर्णकला मगर, लक्ष्मण गुरुङ,सुगग्यानी गुरुङ र प्रगड गुरुङ अदिलाई देख्न सकिन्छ।उक्त भिडियोमा परदेशीको पीडाको कथा समेटिएको छ । किशोर कुमार पन्धाकको निर्देशनमा रहेको भिडियोलाई बिक्रम गुरुङले छायांकन गरेका छन् भने सम्पादन खगेन्द्र पन्धाक लिम्बूले गरेका हुन्।

प्रतिक्रिया