शैली भित्रको ‘सिकाउने शैली’

–उपप्राध्यापक रामप्रसाद सुवेदी,पोखरा २०७७ माघ १३ गते ८:३१ मा प्रकाशित

सामान्य तया विशेष किसिमको कुनै काम गर्ने प्रणाली वा पद्धति वा काम गराइको ढाँचा र परिपाटीलाई शैली भनिन्छ । शैली असल शील स्वभाव भएका व्यक्तिबाट हुने कुरो पनि हो।साहित्यिक रचनामा लेखकका व्यक्तिगत विशेषताको छाप दिने वा विषयवस्तुका अनुकूल भाव अभिव्यक्त हुने ढाँचा, सरल शैली, तार्किक शैली, आलङ्कारिक शैली आदिलाई शैलीले जनाउँदछ । संस्कृतमा शैली (स्त्री लिङ्ग) व्युत्पत्ति–शीलस्येयम्, प्रयोग–“प्रायेणाचार्याणामियं शैली यत्स्वाभिप्रायमपि परोदेशमिव वर्णयन्ति” संस्कृतमा शैलीलाई चाल, ढङ्ग, रीति, चालचलन,प्रथा,वाक्य रचनाको तरिका,वर्णनका रीति र लेखनपद्धतिले अथ्र्याएको छ।शैलीलाई कौशलम् (नपुङ्सक लिङ्ग) का रूपमा पनि संस्कृतमा उल्लेख गरेको छ।यसको व्युत्पत्ति कुलस्य भावः हो र प्रयोग “हावहारि हसितं वचनानां कौशलं दृशि विकारविशेषः”ठीकसँग काम गर्ने ढङ्ग,चलाखी र सिपालुपनलाई शेैेली भनिन्छ।यी शैलीका संस्कृत र नेपाली अर्थ हुन्।यी अर्थले कुशलता,सिप,दक्षता, निपूर्णतालाई आºनो कार्यमा लैजानु र अरूको अगाडि शिष्टता,शुद्धता,भद्रता देखाएर उदाहरणीय बन्नु नै रहन्छ।

शैलीभित्र पढाउने शैली,सिकाउने शैली,बोल्ने शैली,लेख्ने शैली,पढ्ने शैली आदि धेरै कार्यहरूले भूमिका खेलिरहेका हुन्छन्।कुृनै किसानले राम्रोसँंग बाली लगाएर उब्जनी गरेको हुन्छ भने त्यो उसको शैेली हो।कुनै मानिस बाटामा हिँडेको छ उसलाई केही कुरा सोध्दा राम्रोसंँग जवाफ दियो र उसको बानीले प्रश्न सोध्ने मान्छे पनि प्रभावित भयो भने त्यो उसको शैलीले गर्दा भएको हो।कुनै शिक्षकले कक्षाकोठामा राम्रोसंँग पढाउँछ भने त्यो पनि उसको शैली हो।शैली आर्जित र वंशाणुगत दुवै हुन्छन्।प्रकृतिवादीले शैली जन्मजात हुन्छ र वातावरणवादीले शैली अरूको देखेर जानेर आर्जन गरिन्छ भन्दछन्। गीताको कर्मयोगमा श्रीकृष्णले अर्जुनलाई भनेका छन् “हे अर्जुन π समाजमा ठूलाले उदाहरणीय कार्य गरेर देखाउनु पर्दछ,यदि मैले र तिमीले गलत काम गर्यो भने हाम्रो सिको गर्नेले त्यही नै अवलम्बन् गरेका हुन्छन्।” यसबाट स्पष्ट हुन्छ कि शैली आर्जित गुणमा आधारित रहेको छ र गुरुको चेलाले, बाबुको छोराले, नेताको कार्यकर्ताले शैली सिक्दछन् र अगुवा नै गलत भएमा नराम्रो शैली संस्कारका रूपमा स्थानान्तरण भएर जान्छ,अनि विद्यार्थी,कार्यकर्ता, समाज बिग्रन्छ र भाँडभैलोले गति लिन्छ।

यी माथि उल्लिखित शैलीलाई आधार बनाएर लेखिएको पुस्तक खगराज बरालको ‘सिकाउने शैली’ हो।उक्त पुस्तकको भूमिकामा लेखकले भनेका छन् “यो आत्मकथा हैन।मैले पेशागत जीवनमा देखका र भोगेका सन्दर्भहरूको सामान्य टिपोटमात्र हो।”लेखकले अझ अगाडि उल्लेख गरेका छन् “जीवनमा हामीले देखेका भोगेका कतिपय यस्ता कुराहरू हुन्छन् जुन कुरालाई हामीले खासै ध्यान दिएका हुँदैनौँ ।”यसको अर्थ,ती कुराहरू हाम्रो अचेतन मस्तिष्कमा गएर बसेका हुन्छन् तर तिनैले व्यवहारलाई निर्देशित गरेका गर्दछन्।यस्ता कुराले नचाहँदा नचाहँदै पनि मानिसको आचरण, व्यवहारलाई डोर्याउने गर्दछन्।मानिस युवा अवस्थामा हुँदा भविष्यतिर दृष्टि लगाइरहेको हुन्छ तर जब ऊ जीवनको उत्तरार्धमा पुग्छ उसले आफ्नो विगतको मूल्याङ्कन् गर्दछ।पलपल विगतलाई कोट्याउन थाल्छ र भन्छ मेरो जीवन सार्थक भयो वा भएन।यसरी नै उसले आºनो विगतको मूल्याङ्कन गर्दछ।कता कता सिकाउने शैलीले यसलाई पनि उजागार गरेको छ।रुसी उपन्यासकार निकोलस आस्त्रोभस्क‘ीले आºनो ‘पावेल’ उपन्यासको अन्त्यमा भनेका छन्,“मानिसले आºनो जीवनको उत्तरार्धमा आपूmले आफैलाई मूल्याङ्कन् गर्न सुरु गर्दछ र मेरो जीवन सार्थक वा निरर्थक के भयो लेखाजोखा गर्दछ।‘सिकाउने शैली’ले त्यस्लाई सङ्केत गरेको पाइन्छ । यो टिप्पणीकारले इङ्लिसमा पढेको‘एन् ओल्डमेन ड्रिम’ कवितामा जब मानिस जीवनको उत्तरार्धमा जान्छ तब आºनो जीवनलाई खोतल्न सुरु गर्दछ, आत्मसन्तुष्टि र असन्तुष्टिका शब्दहरू निकाल्दछ, कता कता ‘सिकाउने शैली’ले त्यसको सङ्केत गरेको देखिन्छ।फेरि ‘सिकाउने शैली’ले मानिसको जीवन एउटा काव्य हो, ग्रन्थ हो जसले कागजमा भौतिक रूपमा उतार्छ अरूले त्यसबाट ज्ञान लिन्छन् र जसले उतार्न सक्दैन उसले सम्झेर टोलाएर बिताइरहेको हुन्छ र मौका पर्दा अरूसंँग गुनासाको रूपमा व्यक्त गर्दछ भन्ने कुरालाई देखाएको छ। श्यामप्रसाद शर्माको ‘एक घन्टा बिताउँदा’,विजय कुमारको ‘खुशी’ले पनि यस कुराको सङ्केत गरेका छन्।

एकतीस वटा शीर्षकहरू मध्ये ‘सिकाउने शैली’ शीर्षक मूल भाग रहेको पुस्तकमा २२८ पृष्टमा लेखकद्वारा करिब ५५,००० शब्दहरू खर्चिएका छन्। ‘बुलिङको पीडा’देखि सुरु गरेर ‘मेहनती स्कुल’मा टुङ्ग्याइएको छ। व्यवहारवादीले ज्ञान अंशबाट पूर्णतिर,संज्ञानवादीले पूर्णबाट अंशतिर र प्रयोजनवादीले ज्ञान प्रयोग र अनुभवको आधारमा सिर्जना हुन्छ भने जस्तै ‘सिकाउने शैली’मा पनि व्यवहारवादी र प्रयोजनवादी सिद्धान्तलाई अँंगालेको देखिन्छ।बुलिङदेखि सुरु गरेर मेहनती स्कुलसम्म भनेको ज्ञान अंशबाट पूर्णतिर हो र लेखकले आपूmले गरेका, देखेका र भोगेका कुराहरू उल्लेख भएकाले पुस्तकले प्रयोजनवादी धारलाई बढी अँंगालको हो कि भन्ने भान हुन्छ।फेरि पुस्तकले निगमनभन्दा आगमन विधिबाट ज्ञान आर्जनको बाटोलाई देखाएको छ। लेखक पहिला विषय उठान गरेपछि भोगेका,देखेका र अनुभव गरेका कुराबाट सिद्धान्ततिर गएको देखिन्छ।तथ्याङ्कलाई विश्लेषण गरेर सिद्धान्त निर्माणको ढाकिएको मत(Grounded Theory) को सिद्धान्तलाई अँंगालेको पाउन सकिन्छ।

लेखकलाई मैले धेरै पहिलेदेखि चिनेको छु।वि.सं. २०४८ देखि २०५१ सम्म सँंगै एउटै विद्यालयमा शिक्षण गरेको र लेखक पोखराको शैक्षिक तालिम केन्द्रमा कार्यक्रम संयोजक भएर आएपछि रोस्टर प्रशिक्षक भएर काम गरेकाले लेखकका जीवन र जीवनका घटनाहरूका बारेमा सुरुमा मलाई खासै नौलो नलागेकाले पुस्तकलाई मैले सामान्य रूपमा लिएको भए पनि केही विद्यार्थी र आफैले किनेर घरमा ल्याएर पढ्दा र श्रीमती मुगादेवीले समेत दोहो¥याई दोहोयाई पढ्दा त्यसको भाषा र शैली,वाक्य निर्माण,विषयवस्तुको सरलता, स्पस्टताले मेरो दृष्टिकोणमा पुस्तकको घनत्व झन बढेर गएको भान भएको छ।शिक्षण एउटा कला पनि हो र विज्ञान पनि हो।विज्ञान यसकारण हो शिक्षणमा कारण र असरको ज्ञान हुनु पर्दछ,फेरि कला यस मानेमा हो कि उक्त ज्ञानलाई कक्षाकोठामा प्रयोग गर्न जान्नै पर्दछ।पुस्तकले यी दुवै कुरालाई संँगै उजागार गरेको छ।एउटा शिक्षक सफल हुनका लागि ज्ञान मात्र भएर पनि पुग्दैन र कलाले मात्र पनि उसलाई पुग्दैन, दुवैको आवश्यकता पर्दछ।शिक्षक ज्ञानी र सिपालु दुवै हुनुपर्दछ।केही शिक्षक ज्ञानी मात्र छन् तर सिपालु छैनन् त्यसैले सफल छैनन् भने कोही सिपालु त छन् तर तिनमा ज्ञान छैन ती पनि सफल छैनन्।पुस्तकले यी कुराको राम्रो सङ्केत गरेको छ।

पुस्तकमा ‘पाठ्यपुस्तक बिना शिक्षण’,‘मेहनती शिक्षक’, ‘सिकाउने काइदा’ जस्ता स्वयं लेखकले अनुभव गरेका कुरा र कक्षा अवलोकनबाट प्राप्त गरेका अनुभवले पाठकलाई त्यो ठाउँ, स्रोत र साधनको अभावको बेलामा त्यतिबेला पनि त्यस्ता शिक्षक भएकाले चेस्टर आई बर्नाडको ग्रेटमेन थेउरीले भनेको जस्तो असल नेता जन्मजात आउँछन्, बनाएर बन्ने होइन (The good leader are born not made)भन्ने कुरा शिक्षणमा पनि ठ्याक्कै सान्दर्भिक भएको भान हुन्छ । सिप र कला भन्ने कुरा प्रायः मानिसले जसरी जन्मजात लिएर आयो, त्यही नै निरन्तरता दिएको हुन्छ र नयाँपनमा ऊ जान गाह्रो मान्दछ।सायद ९८% शिक्षकले तालिम लिइसक्दा पनि कक्षाकोठामा परिवर्तन नआउनुमा कता कता यही त कारण हैन भने झँै भान हुन्छ।

शुक्ल यजुर्वेदमा एउटा मन्त्र छ ‘ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमदुच्यते ।पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।’त्यो पूर्ण छ,पूर्णबाट पूर्ण निकाल्दा पूर्ण नै रहन्छ ।ज्ञान भन्ने कुरा थपेर थपिन्छ तर घटाएर कहिल्यै घटेको हुदैन।लेखकका पेसागत जीवनमा भोगेका सामान्य सन्दर्भहरू र अनुभवहरू मात्रको टिपोट भएकाले यसमा सन्दर्भ सूची र साइटेसन नगरिएको होला,तर यो चर्चित पुस्तकमा केही सन्दर्भ सूचीसहित महŒवपूर्ण कुरा उदृत गरिएको भए थेसिस र प्रयोगात्मक कार्यमा लागेका विद्यार्थीका लागि पनि केही सहयोग पुग्ने समालोेचनात्मक राय मेरो रहेको छ।

–उपप्राध्यापक रामप्रसाद सुवेदी,पोखरा

 

 

 

 

 

प्रतिक्रिया