शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:५५
वासिङटन डिसी 02:10

टेक्ससको लवक नेपाली समाजले बार्षिक उत्सवमा महावीर पुन र सच्ची मैनालीलाई सहयोग

इनेप्लिज २०७७ माघ १३ गते २:२५ मा प्रकाशित

अमेरिकाको टेक्सास राज्यको लवक शहरमा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्था लवक नेपाली समाजले महावीर पुनद्वारा स्थापित राष्ट्रीय आविष्कार केन्द्रको लागी १००० डलर सहयोग गरेको छ ।

त्यसैगरि संचारकर्मी सच्ची मैनालीले सन्चालन गरेको कसैले पनि भोको बस्न र भोकै मर्न नपरोस अभियानको लागी ५०० डलर सहयोग गरेको छ । संस्थाले ७ औं बार्षिक उत्सवको अवसरमा उक्त सहयोग गरेको जनाएको छ ।

लवक नेपाली समाजले सहयोग गरे वापत सामाजिक अभियन्ता डा पुनले संस्थालाई धन्यवाद सहित उक्त रकमले नेपालमा कोभिड-१९ बाट संक्रमितलाई समेत सहयोग र समर्थन गर्ने एक पत्र पठाएका छन् ।

यसैगरी संचारकर्मी तथा सामाजिक अभियन्ता सच्ची मैनालीले हर्ष व्यक्त गर्दै संस्थाका अध्यक्ष चिकित्सक प्रकाश श्रेष्ठ तथा लवक नेपाली समाज परिवारलाई धन्यवाद दिएकी छिन । उनले उक्त रकम सही ठाउ सही मानिस र सही काममा सहयोग गर्ने बताइन ।

उनले अगाडी भनिन आफू एक सेतुको रुपमा काम गर्दै आएको र नेपालमा महामारीको चपेटामा परेका कुनै पनि नेपाली भोको बस्नु नपरोस भन्ने हेतुले निस्वार्थ सेवा गरि रहेको बताइन । उक्त रकम नेपाल अधिराज्यका कुनै पनि स्थानमा कोरोनाको कारण समस्यामा परेकालाई गत बर्ष देखि नै सहयोग जुटाई रहको जनाइन । मैनाली हाल अमेरिकाको पेनसेलभेनिया राज्यको ह्यारिसवर्गमा बस्दछिन ।

जसका लागी संस्थाले समुदायका विभिन्न व्यक्तिहरूबाट आर्थिक सहयोग जुटाएको हो । यसै अवसरमा गत शनिबार रत्तदानको आयोजना समेत गरेको थियो । रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेको आयोजक सस्थाका अध्यक्ष डा प्रकाश श्रेष्ठले वताए ।

यसैगरी लवक नेपाली समाजले नेपालको सुर्खेतमा विद्यालय निर्माणदेखी लमजुडमा खानेपानी सेवाका लागी भौतिक पूर्वाधारमा सहयोग गरिसकेको छ ।

साथै एनआरएन अमेरिका मार्फत नेपालमा वाढी पहिरो पीडितका लागी समेत सहयोग गरिसकेको उक्त संस्थाले पछिल्लो पटक कोरोनाको मारमा परेका विद्यार्थी र स्थानियलाई खाद्यान्न सहयोग गरेको थियो ।

प्रवासमा रहेर पनि यहॉका नेपालीहरूले संस्था मार्फत जन्मभूमिप्रतिको माया र सदभाव कायम गरिरहेको छ ।

प्रतिक्रिया