चितवनमा फेरी एक पटक अर्को घटना घटेको छ।जुन घटना यतिबेला हाम्रो समाजमा प्राय घटि रहेकै पाउँछौं।यो वैदेशिक रोजगारीको शिलशिलामा श्रीमान विदेश गएको र श्रीमानले कमाएको पैसालाई नेपालमा बसेकी श्रीमतीले हिनामिना गरेको सम्बन्धमा पछिल्लो समयमा धेरै घटनाहरु घटिरहेका छन्।यो तीनै घटना मध्यको एक हो।बाक्ष्लुंग घर भएका कुल प्रसाद उपाध्याय पौडेलकी श्रीमती सरस्वती श्रेष्ठले श्रीमानको माटो रकम हिनामिना गरिदिए पछि श्रीमानले आफ्ना कुरा मिडियामा राखेका छन्।
आफ्नै श्रीमतीले आफ्नै कमाई खाँदा पनि कसरी हिनामिना भयो भनेर आरोप लगाउन सकेको होला भन्ने प्रश्न त छंदै छ।साथै उनको श्रीमतीको लुगा र चप्पल जब नारायणी नदीमा भेटियो तब भने घटनाले अर्को मोड लियो।श्रीमान कुल प्रसादको भनाई अनुसार उनले विदेशमा कमाएको ५ लाख रकम लाई श्रीमतीले हिनामिना पारेकी छन्।के श्रीमानको कमाई देखाउनु पर्छ भनेर होला त ? उनको श्रीमतीले नारायणी नदीको तिरमा आफ्नो लुगा र चप्पल फ्याँकेर श्रीमानलाई भ्रममा पार्न खोजेको ?
आफ्नै श्रीमती संग कुल प्रसादले किन हिसाब खोजे त भन्ने प्रश्न पनि उब्जन्छ।उनले श्रीमती सरस्वतीलाई गैडाकोटमा डेरा गरी राखेका थिए।उनीहरुको दुई सन्तान पनि छन्।श्रीमानको भनाई अनुसार मैले कमाएको पैसा काहाँ प्रयोग भएको रहेछ भनेर आफुले जान्न मात्र खोजेको बताउँछन्।तर मैले हिसाब खोजें भन्दैमा घर नै छाड्नु पर्ने त केही थिएन होला नी ? भन्दै कुल प्रसाद प्रश्न गर्छन्।यतिबेला सरस्वतीको लुगा र चप्पल नारायणी नदीमा भेटिए पछि प्रहरी र आफन्तहरुले सरस्वतीले नारायणीमा हा’म फालेको आशंका गरेका छन्।भिडियोसहित
https://www.youtube.com/watch?v=vfwUpTui3ns&feature=emb_logo
प्रतिक्रिया