मंगलबार, फागुन २५ २०७७
काठमाडौं ००:४०
वासिङटन डिसी 13:55

अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव

इनेप्लिज २०७७ माघ १३ गते ०:३१ मा प्रकाशित

अमेरिकी इतिहासमा पहिलो पटक अर्थ मन्त्रालय(ट्रेजरी डिपार्टमेन्ट )मा प्रथम महिला बन्दै जेनेट एलेन अर्थ सचिव बनेकी छिन । उनलाई सोमबार जनवरी २५ का दिन कंग्रेसले अनुमोदन गरे पछि उनले इतिहास रचेकी हुन् ।

उनलाई ४६ औ राष्ट्रपति जो बाइडेनले मनोनयन गरेका थिए भने मनोनयन गरेता पनि मन्त्रीमंडलमा रहेका पदलाई कंग्रेसले अनुमोदन पर्ने भएकोले उनलाई अनुमोदन गरिएको छ ।

उनले स्पष्ट गरिन् कि उनको पहिलो प्राथमिकता भनेको सबैभन्दा ठूलो खाँचोमा परेकाहरुलाई राहत प्रदान गर्नु हो – खास गरी अल्पसंख्यक मजदुर र महिला, जो संकटबाट अत्यन्तै पीडित छन ।

“यो महामारीको कारण व्यापक विनाश भएको छ,” येलेनले आफ्नो सुनुवाईमा भनिन्। “क्षति बढ्दै गएको छ, र ..हाम्रो उत्तरदायी पनि हुनुपर्दछ।”उनले जोड दिदै भनिन ।

गत शुक्रबार सिनेट आर्थिक समितीले उनको नामांकनलाई सर्वसम्मतिबाट २६-० ले अनुमोदन गरेको थियो ।

श्रोत : सिएनएन ,तस्बिर :युपिआई 

प्रतिक्रिया