सोमबार, फागुन २४ २०७७
काठमाडौं २३:४०
वासिङटन डिसी 12:55

हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन

इनेप्लिज २०७७ माघ १२ गते २३:०४ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने सक्ने बताएका छन् । उनले यस भन्दा पहिले हरेक दिन अमेरिकनले १० लाख खोप लिने योजना प्रस्ताव गरेका थिए । उनले सोमबार जनवरी २५ का दिन त्यसलाई बढाएर १५ लाख खोप पुर्याउने लक्ष्य बनाउन सकिने जनाए ।

उनले आफ्नो कार्यकालको १०० दिनमा उक्त योजना प्रस्तुत गरेका थिए । उनले अमेरिकाले सुरुको लक्ष्य लगभग तीन हप्तामा पार गर्न सक्दछ भने ।

“म पूर्ण विश्वस्त छु कि हामी आगामी हप्ता भित्रै यस्तो स्थितिमा हुनेछौं कि हरेक दिन १० लाखको दायरा वा सो भन्दा बढीमा मानिसहरूलाई खोप दिइनेछ,” उनले पत्रकारलाई १० करोड खोपको सङ्केत गर्दै उनले भने कुनै कुनै खोपलाई एक भन्दा बढी खुराक चाहिने बताए ।

“मलाई लाग्छ, भगवानको कृपाले हामी दैनिक १० लाख भन्दा दिनको १५ लाख प्राप्त गर्न सक्दछौं,” उनले भने।

बाइडेनले उनको प्रशासन थप खोप उत्पादन गर्न काम गरिरहेको बताए ।

यसै बीच बाइडेनले राष्ट्रपति घोषणामा हस्ताक्षर गरेका छन् । जस अनुसार युरोप,बेलायत ,आयरल्याण्ड, ब्राजिल र दक्षिण अफ्रिकाका शेंगेन क्षेत्रबाट संयुक्त राज्य अमेरिका यात्रा गर्ने व्यक्तिहरूको लागि कोभिड-१९ को महामारीको कारण लगाइएको यात्रा प्रतिबन्धलाई पुनःस्थापित गरिएको छ ।

अर्थात् भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा यात्रा प्रतिबन्ध फुकुवा गरेका थिए भने बाइडेनलाई पुन:स्थापित अर्थात् अर्को सूचना नआउन्जेल सम्म अमेरिका यात्रा गर्न अनुमति पाइने छैन ।

श्रोत :सिएनएन

प्रतिक्रिया