शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:३६
वासिङटन डिसी 01:51

ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर

इनेप्लिज २०७७ माघ १२ गते १८:०५ मा प्रकाशित

भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका  वकिल रुडी जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर भएको छ ।गत बर्ष नोभेम्बर ३ का दिन बिधुतिय प्रणालीबाट निर्वाचन गराउन जिम्मा पाएको डोमिनियन भोटिग सिस्टमले न्यूयोर्कका पूर्व नगर प्रमुख,व्यापारी तथा ट्र्म्पका अति नजिकका जुलियानीलाई मुद्दा दायर गरेको हो ।

उन्ले ट्रम्पलाई उचाल्ने र डोमिनियनले बदमास गरेको भन्दै पटक पटक सार्वजनिक रुपमा सॅस्थाको गरिमा र छवि माथी प्रश्न चिन्ह खडा गरेका थिए। ट्र्म्पसॅग दैनिक २० हजार डलर लिएर चुनावलाई उल्टाउन जिम्मा लिएका जुलियानी ४/५ वटा राज्यमा मुद्दा हाल्न स्वयम गएका थिए ।

साथै जनवरी ६ का डिसीमा ट्रम्प सगै उत्तेजित भाषण गर्दै ट्र्म्पलाई आगोमा घिउ थपेका थिए । उन्ले गरेको क्रियाकलापले जगत हसाएका थिए। बजारमा चटक देखाए झै पाटीमा केही राज्यका नक्सा राख्दै धाधली भएको भनि घाटी सुकाउदा पनि सॅचार जगतले यिनीलाई उल्लु बनाएका थिए । र यिनी षडयन्त्रकारी मध्ये एक हुन भने जनवरी ६ को दिन ट्रम्प सॅग भाषण गर्दा सवै काराकार जान्छन भनि भिडलाई उत्तेजित गरेका थिए ।

षडयन्त्रको सिद्धान्तमा तल्लिन र पासा पल्टाउन अन्तिम अवस्था सम्म यिनी सम्लग्न रहेका थिए । डोमिनियनले १०७ पन्नाको उजुरी सहित डिसी स्थित जिल्ला अदालतमा मुद्दा हालेको छ ।

डोमिनियनले सॅस्थामा लागेको धव्वा ,गरिमा बिग्रिएको र पटक पटक सॅचार माध्यमबाट डोमिनियन भोटिग सिस्टम बारे आधारहिन कुरा समेत उठाएकोले १.३ अर्ब डलरको क्षतिपूर्तिको अपेक्षा गरेको छ ।

स्रोत : न्यूयोर्क टाईम्स

प्रतिक्रिया