‘कलेज लभ’ को ट्रेलर सार्वजनीक

इनेप्लिज २०७७ माघ १२ गते १०:५७ मा प्रकाशित

 

काठमाडौं,

फिल्म निर्देशक राजबहादुर साने निर्देशीत टेलिश्रृंखला तथा वेवसिरिज ‘कलेज लभ’ को ट्रेलर सोमबार सार्वजनीक गरिएको छ।प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रशारण हुने ‘कलेज लभ’ युट्युवमा चाहिँ केके प्रोडक्शन हाउसमार्फत ल्याइने छ।

सार्वजनीक ट्रेलरमा कलेजमा हुने गरेको आकर्षण,प्रेम,करिअर प्रतिको चिन्ता लगायतका बिबिध बिषय प्रस्तुत गरिएको छ।टेलिश्रृंखलामा सुशील पोखरेल, हिउँवाला गौतम,प्रिया रिजाल,सुजल बम,शिसिर राणा,नवीन केसी,सयुज राई,पवन भट्टराई,शुभम गौतम,टेक बम,मुस्कान बुढाथोकी,बिबस थापा,स्नेहा मगर, पूजा दर्नाल,अमृता थापा,आशा राई,सारा नेपाली,आकाश थापा, बिष्णु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।

कुमार केसीको प्रस्तुत रहेको टेलिश्रृंखलालाई दिब्य सुवेदी र बीरेन्द्र परियारले खिचेका हुन् भने तारा थापा (किम्भे) ले सम्पादन गरेका हुन्।लेखक समेत रहेका निर्देशक साने ‘कलेज लभ’ले कलेज युवायुवतीको सोच,शैली,प्रेम प्रतिको आशक्ति तथा करिअर प्रतिको चिन्तनलगायतका बिभिन्न बिषयलाई मनोरञ्नात्मक तवरले एकिकृत रुपमा प्रस्तुत हुने दावी गरेका छन्।

प्रतिक्रिया