शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:२०
वासिङटन डिसी 01:35

कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने

इनेप्लिज २०७७ माघ १२ गते १:४१ मा प्रकाशित

कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम अमेरिकाको राष्ट्रिय स्तरको पुरानो संस्था मध्ये कै एक सँस्था एसोसिएसन अफ नेपलिज इन मिडवेस्ट अमेरिका(आन्मा)को आयोजनामा हुन् लागेको छ ।

बिशेष गरि अमेरिकामा कोरोना महामारीको अत्यधिक प्रभाव पर्नुको साथै खोपपनि आई सकेको अवस्था छ । यसै सेरोफेरो अन्तर्गत अमेरिकाका विभिन्न स्थान रही काम अग्दै आउनु भएका चिकित्सकहरुसंग अन्तरक्रिया कार्यक्रम गरिन लागिएको हो ।

यस सम्बन्धमा अमेरिकामा बिभिन्न संचार माध्यम तथा संघ/संस्थाले कोरोना र खोप सम्बन्धि कार्यक्रम गरि रहेको अवस्था भएता पनि अझ लाभ नउठाएका समुदायले यसको ताजा जानकारी र केही कुरा सिक्न सकुन भन्ने उद्धेश्यले यो आयोजना गर्न लागिएको कार्यक्रम संयोजक उर्मिला निर्दोषीले बताएकी छिन ।

उनि उक्त संस्थाको उपाध्यक्ष पनि हुन् । कार्यक्रममा ४ जना चिकित्सकहरु हुने छन । चिकित्सकहरुमा क्रमस डा जनक कोइराला,डा संगीता बस्नेत कोइराला ,डा नबिन श्रेष्ठ तथा दडा चन्द्र चटौत रहने छन् ।

कार्यक्रम आगामी शनिबार जनवरी ३० का दिन अमेरिकी मध्य समय ८ बजे र अमेरिकी पूर्वीय समय ९ बजे बिहान हुने छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण ईनेप्लिजले गर्ने छ ।

कार्यक्रम संयोजक उर्मिला निर्दोषीले यस कार्यक्रममा केही जिज्ञाशा भए सबै नेपाली समुदायले राख्न सक्नु हुने जनाउदै हेर्न अनुरोध गरेकी छिन । कार्यक्रम परोक्ष(जुम)मार्फत प्रत्यक्ष प्रसारण हुने छ ।

 

 

प्रतिक्रिया