जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिकाको जर्जिया राज्यको उपनगर क्षेत्रको एक विशालबजारमा काम गर्ने एक किशोरले करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ गरिएको छ । उनले उक्त रकमको दुई हप्ताको अवधिमा त्यसो गरेका हुन् ।
१९ बर्षिय ट्रे ब्राउन नामक किशोरलाई गत बिहिबार पक्राउ गरिएको एटलान्टा जर्नल -कन्सटिट्युसनले समाचार लेखेको छ । उनलाई ग्विनेट काउन्टीका जासुसहरुले चोरीको अपराध गरेकोमा हिरासतमा लिएका छन् ।
उनलाई कारागारबाट ११,२०० डलरको जमानतमा रिहा गरिएको छ । ग्विनेट काउन्टीका प्रहरी प्रवक्ता सहायक अधिकारी कोलिन फ्लिनका अनुसार ब्राउनले डिसेम्बर र जनवरीमा दुई हप्तामा ९,८०,००० हजार डलर भन्दा बढी चोरी गरि सकेका थिए ।
अन्वेषणकर्ताहरूका अनुसार उनले ७५ डलर देखि ८७ हजार डलर भन्दा बढी सम्मको फिर्ता गरेको समानबाट नगद उधारो पत्र (क्रेडिट कार्ड)मा राखेका थिए ।
प्रहरीका अनुसार चोरीको पैसा पाए पछि ब्राउनले दुई सवारी साधन (कार) कपडा, बन्दुक र जुत्ता किन्न प्रयोग गरेका थिए । आफ्नो गिरफ्तारी हुनु भन्दा पहिले प्रकारको सवारी साधन शेवरलेट क्यामारो किनी सकेका थिए । सिनसिनाटी-आधारित क्रोगर सँस्था (कर्पोरेट )कर्मचारीहरूले लेनदेन देखेपछि अनुसन्धान शुरू गरेका थिए ।
गिरफ्तारी पछि क्रोजरलाई “ठूलो रकम” फिर्ता गरिएको थियो, तर कति रकम बरामद भयो भन्ने कुरा गत बिहीबार स्पष्ट भएको थिएन ।
श्रोत : सिबीएस न्युज
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया