शनिबार, फागुन १५ २०७७
काठमाडौं ११:५९
वासिङटन डिसी 01:14

अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला

इनेप्लिज २०७७ माघ ११ गते १९:०८ मा प्रकाशित

अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला परेको मेक्सिकन अधिकारीहरुले जनाएका छन । उक्त घटना टेक्सस नजिक क्षेत्रको रियो ग्रान्देमा दुई आपराधिक समूह बीच झगडा हुँदा उक्त घटना भएको हो ।

तमौलिपासराज्यका प्रवर्तक अधिकारीले उनीहरुको शव शनिबार साँझ ढिलो फेला परेको जनाएका छन। उक्त क्षेत्रका बासिन्दाहरुले खबर गरे पछि धुलेबाटोमा सवारी साधन समेत जलेको अवस्थामा पाइएको थियो ।

अधिकारीहरुले दुई वटा सवारी साधन जसमा एक गाडीमा ४ जना र अर्को गाडीमा १५ जनाको शरीर जलेको अवस्थामा पाइएको जनाएका छन् ।
सबैलाई गोली हानीएको र प्रहरीले बन्दुकको गोली कही फेला नपारेकोले अन्य कुनै ठाउँमा गोली हानी त्यहाँ ल्याईएको विश्वास गरिएको छ ।

कामार्गोका एक अधिकारीका अनुसार सुरक्षाको कारण नबताउने सर्तमा उनले उनीहरुलाई शुक्रबारमै मारिएको तर डरको कारण मानिसहरुले बताउन डराएका थिए ।

कामार्गो लागू पदार्थ तथा आप्रवासीहरुको मुख्य मार्ग हो भने संगठित आपराधिक समूहले सीमा सम्म उनीहरुको नियन्त्रण रहेको छ । गत बर्ष २०२० मा २१ वटा पुरै जलेका मृत शरीर पाइएको थियो । त्यसको केही दिन पछि मेक्सिकन सेनाले ११ जना आरोपित बन्दुकधारीलाई उक्त क्षेत्रमा गोली हानी मारेका थिए ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया