मंगलबार, फागुन २५ २०७७
काठमाडौं १३:१६
वासिङटन डिसी 02:31

मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या

इनेप्लिज २०७७ माघ ११ गते १४:३३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या गरिएको छ । उनलाई मेरिल्याण्ड राज्यको एन अरुनडेन काउन्टीको राजमार्ग ५० मा गोली हानिएको प्रहरीले जनाएका छन् ।

गत शनिबार जनवरी २३ का दिन दिउसोको समयमा उनलाई गोली हानिएको थियो । एन अरुनडेल काउन्टी बोविका प्रमुख जोन नेस्कीका अनुसार प्रिन्स जर्ज काउन्टीको सिमाना स्थित रुटल्याण्ड सडकमा चोट पटक लागेको कारण उनको निधन भएको जनाएका छन् ।

उनलाई अस्पताल लागिएको थियो भने करिव ४ बजे दिउसो उनको मृत्यु भएको थियो । अनुसन्धानको प्रारम्भिक व्यहोरा अनुसार उनलाई कही कतै गोली हानिएको प्रहरीले जनाएका छन । प्रहरीले अझ सम्म पनि अपराध भएको घटनास्थल र संदिग्ध पनि पत्ता नलागेको प्रहरीले जनाएका छन ।

उक्त किशोरको अन्य जानकारी सार्वजनिक गरिएको छैन ।

श्रोत :डब्लुटिओपी/एनबिसी वाशिंगटन डटकम

प्रतिक्रिया