शनिबार, फागुन १५ २०७७
काठमाडौं ११:५५
वासिङटन डिसी 01:10

अमेरिकामा एकैदिनमा कोरोनाबाट ३२९२ को मृत्यु ,१ लाख ७० हजार संक्रमित

इनेप्लिज २०७७ माघ ११ गते १२:१७ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६९ हजार ९ सय ३५ पुगेको छ । यसै गरि मृत्यु हुनेको संख्या ३ हजार २ सय ९२ पुगेको छ । उक्त आँकडा गत शनिवार जनवरी २३ को दिन जोन्स हप्किन्स बिश्वबिद्यालयले निकालेको हो ।

गत बुधबार र बिहिबार दुवै दिन अमेरिकामा ४ हजार भन्दा ज्यादा संक्रमितहरुको निधन भएको थियो भने उक्त संख्या अहिले सम्म कै उच्च हुन् ।

हाल सम्म अमेरिकामा ४ करोड १४ लाख ११ हजार ५ सय ५० खोप वितरण भै सकेको छ भने कम्तिमा २ करोड ५३ हजार ९ सय ९० जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।

बिगत केही दिनमा संक्रमणको संख्या घटेता पनि कोभिड-१९ को नयाँ प्रजाति (न्यु भेरिएन्ट)को वृद्धि हुने आशंका गरिएको छ । भर्जिनिया मात्र यस्तो राज्य हो जहाँ संक्रमितको संख्या शेसापिक र लिन्चबर्गमा वृद्धि भएको छ ।

अमेरिकाका ३७ राज्यहरुमा नयाँ संक्रमितको संख्या घटेको र अस्पताल भर्नामा कमि आएको छ । अमेरिकामा हाल सम्म २ करोड ५४ लाख २० हजार ३ सय १७ जना संक्रमित भएका छन भने ४ लाख २३ हजार ९ सय ९१ जनाको मृत्यु भै सकेको छ ।

हाल सम्म अमेरिकामा ९० लाख ११ हजार९ जना निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्वबिद्यालय/सिएनएन/अन्य

प्रतिक्रिया