कविता दास।यो नाम एक पिडित श्रीमती र एक आमाको हो।त्यो आमा जस्ले श्रीमानले साथ छाडेर अर्कैको हात थामे पछि जीवन संग हार मानेर आफ्नै भएकी एउटी छोरीसंगै आफुले पनि यो संसार छाड्ने सम्मको सोंच बनाएकी रहिछन्।कविता आफ्ना कुरा सुनाउँदा निकै नै रोईन्।के सोंचे थें जिन्दगीमा के के भयो अहिले भन्ने यो गीत उनै लाचार र बिबश आमा कविताको जीवनसंग मेल खाएको छ।
कुनै समय गार्मेटमा काम गर्दा एकजना चिनेको दाईको माध्यम बाट चिनाजानमा जुध्न पुगेकी कविताले त्यही व्यक्तिलाई जीवनको लागी उपयुक्त ठान्दै बिहे पनि गरिन्।आफ्नो लागी जीवनभरी नै परफेक्ट भन ठानेर बिहे गरेको श्रीमान रबिन दास कविताको लागी सही व्यक्ति रहेनछन्।यो कुरा कविताले बिहे भएको झण्डै १२ वर्षपछि मात्र थाहा पाईन् कि रबिन आफ्नो लागी सही व्यक्ति रहेनछन् भन्ने कुरा।यो बीचको समयमा सबै कुरा ठीक थियो जसरी एउटा परफेक्ट परिवारमा सबै हुन्छ।
तर बिस्तारै बिस्तारै सबै कुरा गलत हुँदै गयो । उहाँले म हुँदाहुँदै अर्कैसंग लागेर म र छोरी छौं भन्ने पनि बिर्सनु भयो । कविता भन्छिन्,‘म पढेलेखेको छैन । मलाई स्मार्ट फोन चलाउन पनि आउँदैन । तर कामको सबै सीप जानेको छु । मैले केही जान्दिन भनेर होला सायद उहाँले मभन्दा जान्नेलाई रोज्नु भयो ।’ कविताले आफ्ना कुरा सुनाउँदा कहिले भावुक भईन् त कहिले भक्कानिदैं रोईन् पनि । उनको भनाई अनुसार उनले ठेलामा चटपटे बेच्नेदेखि पोते उन्नेसम्मको सबै काम गरिन् । भिडियो सहित
https://www.youtube.com/watch?v=bMnB9GX0zl8&feature=emb_logo
प्रतिक्रिया