काठमाडौँ।एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित हल अफ फेम सिजन २ को चौथो एपिसोड प्रसारण भएको छ।निम्न लींकमा यस एपीसोड हेर्न सकिन्छ ।नेपाली समय अनुसार शनिवार राती ८ बजे हिमालय टेलिभिजन र एमएनटीभी अष्ट्रेलियाका प्लाटफर्महरुमा प्रशारण हुने कार्यक्रममा अष्ट्रेलियाबाट एक सानो प्रतिस्पर्धी र बाँकी १० जना नेपालबाट सहभागिता जनाउँदैछन्।मनिगमर शेर्पा, समिर लिम्बु, सुदिक्क्षा तामाङ, सुदिप जैरु,सुप्रिया पौडेल, सुरेन लिम्बु, सूस्थ खड्का, टेस्वाङ शेर्पा, उसहन अधिकारी, रोनिस श्रेष्ठ नेपालबाट र आँचल वस्याल, अष्ट्रेलियाबाट प्रतिस्पर्धामा छन्।
रियालीटी शो भन्ने बित्तिकै रंगिन स्टेज, झकिझकाउ माहौल र चम्किला लाइट्सहरुको एकतमासको प्रदर्शनका रुपमा बुझ्ने धारणा विश्वभरि रहेको छ । यद्धपी हल अफ फेम एउटा यस्तो सरल र विशुद्ध रियालीटी शो हो जहाँ निर्णायकहरु र प्रतिस्पर्धीहरु दुबै आआफ्नै घरवाट सहभागी हुन्छन्।अत्यन्त सरल तर उत्साहप्रद यस रियालीटी शो मा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठको सञ्चालनले चौतर्फी प्रशंसा कमाइरहेको छ।
वरिष्ठ गायक दिप श्रेष्ठ, कन्दरा व्याण्डका विवेक श्रेष्ठ र रेजिना रिमाल भर्चुअल माध्यमबाट निर्णायकको भूमिकामा हुनुहुन्छ । ३ पुस्ताका यी ३ निर्णायकहरुको मुल्याकंन अनि विचारले यस शो लाई थप रौनक प्रदान गरेको छ।
भर्चुअल्ली अडिशन लिइने यस रियालीटी शो मा ३ जना निर्णयकहरुले अडिशन हेरिसकेपछि आआफ्ना कमेन्टका आधारमा कूल १० अकंमा प्रतिस्पर्धीहरुको गायकीलाई अकं प्रदान गर्नुहुन्छ । यिनै अकंका आधारमा उक्त प्रतिस्पर्धीको हल हफ फेमको आगामी यात्रा तय गरिन्छ।
दर्जनभन्दा धेरै देशमा रहेका नेपालीहरुले उत्साहपूर्ण सहभागीता जनाएका यस गायन रियालीटी शो हल अफ फेमले विश्वभरि छरिएर रहेका नेपाली गायन ट्यालेन्टहरुलाई एउटा साझा थलो प्रदान गरेको छ।मोरङ्ग देखि मलवर्नसम्मका नेपाली गायकीहरुलाई एउटा सुत्रमा बाँध्न र शोकेस गर्न सफल यस कार्यक्रममा पुराना तथा नयाँ नेपाली गीतहरु र गायकीहरु हेर्न सकिन्छ।
हल अफ फेमका अन्य एपीसोडहरु हेर्नका लागि नम्नि लींकहरु छन् ।
https://www.youtube.com/watch?v=5EDVcxWOPPc
https://www.youtube.com/watch?v=gzW1HmnVisU
https://www.youtube.com/watch?v=xiEJAVI4ov4
प्रतिक्रिया