बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
४६ औ अमेरिकी राष्ट्रपति जो बाइडेनले व्हाइट हाउसको ओभल कार्यालयमा नागरिक अधिकार ,मजदूर नेता तथा अन्य महत्वपूर्ण व्यक्तिहरुका तस्बिरहरु राखी उक्त कार्यालयलाई पुरै परिवर्तन गरेका छन् ।
राष्ट्रपति बाइडेनले त्यस्ता ब्यक्तिहरुका तस्बिरहरु राखेका छन् जस्ले महाकष्टको सामना गर्नुको साथै प्रसिद्ध संस्थापकहरूको तस्बिरहरुलाई उच्च प्राथमिकताको साथ सजावट गरेका छन् ।
भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य झण्डाहरू राखेका थिए भने त्यसलाई हटाएर अमेरिकी झण्डा र राष्ट्रपति मोहरको साथै परिवारको तस्बिरहरु राखेका छन । ओभल अफिस(कार्यालय)राष्ट्रपतिका लागि औपचारिक काम गर्ने ठाउँ हो ।
प्राय: नयाँ पर्दा ,गलैचा र फर्नीचर(उपस्कर) हरु प्रवेश गर्दा फेरिने गरिन्छ । साथै कला र कलाकृतिहरूका समान द्वारा सजावट गरिन्छ । पूर्व राष्ट्रपति एन्ड्र्यू ज्याक्सनको एकतस्बिर पनि राखेका छन् ।
उनले त्यस्ता नेताहरुको तस्बिरहरुलाई प्राथमिकतामा राखेका छन् जसले चुनौतिहरूको सामना गर्नु परेको थियो र धैर्य धारण गरेका थिए । जसमा गृहयुद्धबाट देशको नेतृत्व गर्ने अब्राहम लिंकन र महामन्दीको गहिराइमा राष्ट्रपति फ्रान्कलिन डी रुजवेल्ट पनि थिए। उनले अर्थ सचिव (ट्रेजरी सेक्रेटरी) अलेक्ज्याण्डर हेमिल्टन र राष्ट्रपति थोमस जेफरसनको छेउ छेउमा तस्बिरहरू राखेका छन्
उनले अमेरिकी सिनेटर डेनियल वेबस्टरको अर्ध प्रतिमा राखेका छन् जसले १८३० मा देशको एकताको लागि शसक्त रुपले रक्षा गर्दै “स्वतन्त्रता र संघ ,अब र सदाका लागि, एक र अविभाज्य !”भनेका थिए ।
रोजा पार्क्स र सिजर चाभेज सहित नागरिक अधिकारका प्रतिष्ठितहरूका अर्धमुर्तिहरू समेत सजावटमा राखिएको छ । साथै बाइडेनले न्युयोर्क शहरको पाँचौं एभेन्यु (“एभिन्यू इन द रेन”) मा अमेरिकी झण्डाको चित्रकला पनि फिर्ता ल्याए जुन भूतपूर्व राष्ट्रपतिका डोनाल्ड ट्रम्पले हटाएका थिए ।
श्रोत :रोयटर्स
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया