अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
गत जनवरी ६ मा अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनको रक्षाका लागि तैनाथ ३८ प्रहरी तथा १५० जना राष्ट्रिय सैनिक कोभिड-१९बाट संक्रमित भएका छन् ।
उक्त आक्रमणमा सुरक्षाको बसेका प्रहरीहरु भिडमा सामाजिक दूरी र मुखावरण समेत नभएको कारण संक्रमण सरेको जानकारी अधिकारीले सिबिएस न्युजलाई बताएका छन ।
क्यापिटल प्रहरी संघका सभापति गस पापाथानासुले आक्रमणकारीहरुसंग भिडन्त हुँदा नजिक भएको कारण संक्रमण वृद्धि भएको जनाए । सदनमा आक्रमण पछि राष्ट्रपति जो बाइडेनको सुरक्षाको लागि २५ हजार राष्ट्रिय सैनिकहरु तैनाथ गरिएको थियो ।
सदन आक्रमण पछि दुई जना सभासद प्रमिला जयपाल तथा बोनी वाटसन कोलम्यान कोरोनाबाट संक्रमित भएका थिए । उक्त समयमा आक्रमणकारीबाट बच्न भवन भित्र एकै स्थानमा बस्नु परेको थियो ।
डेमोक्र्याटिकका प्रतिनिधिहरुले रिपब्लिकनका प्रतिनिधिहरुले मास्क(मुखावरण)लगाउन अस्विकार गरेको आरोप् लगाएका छन् ।
श्रोत :सिबिसी न्युज
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया