शनिबार, फागुन १५ २०७७
काठमाडौं १३:१२
वासिङटन डिसी 02:27

न्युयोर्ककी सभासद कोर्टेजलाई मार्ने धम्कि दिने तथा सदनमा आक्रमण गर्ने टेक्सस ड्यालसका व्यक्ति प्रकाउ

इनेप्लिज २०७७ माघ १० गते २३:२९ मा प्रकाशित

गत जनवरी ६ बुधबारका दिन राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति हुनबाट बन्चित गर्ने उद्धेश्यले आयोजना गरिएको डिसी भेलामा जम्मा भएका समर्थक मध्ये सदनमा आक्रमणमा संलग्न भएका टेक्सस ड्यालस काउन्टीका व्यक्तिलाई प्रकाउ गरिएको छ ।

साथै उनले न्युयोर्ककी युवा सशक्त प्रभावशाली सभासद एलेकजेन्ड्रिया ओकसियो कोर्टेजलाई मार्ने धम्कि समेत दिएको आरोपमा उनलाई प्रकाउ गरिएको छ ।

अमेरिकी न्याय बिभागले उक्त अभियोगको खुलासा गरेको छ । टेक्ससका ग्यारेट मिलर नामका उक्त व्यक्तिलाई ५ वटा आपराधिक अभियोग लगाईएको छ । उनलाई सदनमा बिद्रोह ,अनधिकार प्रवेश,मार्ने धम्कि लगायत अभियोग रहेका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै संक्षेपमा “एसासिनेट एओसि’ अर्थात् एलेकजेन्ड्रिया ओकसियो कोर्टेजलाई मार्ने कुरा प्रकाशित गरेको अदालतमा प्रस्तुत कागजातमा उल्लेख गरिएको समाचार आएका छन् ।

उनले प्रहरीलाई ट्रम्पका समर्थकलाई आक्रमणमा मर्न योग्य छ र लामो समय सम्म बाच्ने छैन भन्दै यो शिकारको मौषम हो भनेका थिए ।

कानुन प्रवर्तकका अनुसार अदालतमा प्रस्तुत कागजातमा मिलरले आक्रमण हुनु अगाडी र आक्रमण पछाडी अब गृह युद्ध सुरु भयो र अर्को पटक हामी बन्दुक ल्याउछौ भनि सामाजिक संजालमा प्रकाशित गरेका थिए ।

अदालतका कागजात अनुसार उनले बिद्रोहीहरु भाडाका अतिक्रमणकारी हुन् । हामीले आक्रमण गर्यौ । आज हामीले एक सुन्दर आत्मा गुमायौ । हामीले उनको नाम जान्नै पर्छ । उनि कहिले पनि बिर्सने छैनन भनि लेखेका थिए ।

एफबिआइले उनले जनवरी १५ मा सामाजिक संजाल(फेसबुक)मा लेखेको प्राप्त गरेका थिए। उनले मृत्युको धम्कि दिएकोमा आफू खुसि भएको जनाएका थिए । अधिकारीहरुले उनलाई उनको संचारथान (भ्रमणध्वनि-मोबाइल )को संख्याबाट उनको घर पत्ता लगाएका थिए । उनलाई गत बुधबार जनवरी २१ का दिन प्रक्राउ गरिएको न्याय विभागले जनाएको छ ।

संघीय प्रवर्तकहरुले न्यायाधिशलाई कारागारमा राख्न आग्रह गरेका छन् भने आगामी सोमबार उनको सुनुवाई हुनेछ ।

श्रोत :सिबिएस डिएफडब्लु

प्रतिक्रिया