मंगलबार, फागुन २५ २०७७
काठमाडौं १२:५७
वासिङटन डिसी 02:12

रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक

इनेप्लिज २०७७ माघ १० गते २२:०३ मा प्रकाशित

अमेरिकी प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सदन प्रवेशगर्दा उनलाई रोकिएको छ । मेरिल्याण्ड राज्यका रिपब्लिकन दलका तल्लो सदनका जन प्रतिनिधि रहेका एन्डी ह्यारिसलाई सदन प्रवेश गर्ने क्रममा धातुको संसूचक(मेटल डिटेक्टर)ले पत्ता लगाए पछि उनलाई भित्र जान रोकिएको थियो ।

गत बिहिबार उनि बन्दुक लिएर भित्र जान खोजे पछि द्वारमा बस्ने सुरक्षाकर्मीले उनलाई रोकेका थिए । गत जनवरी ६ का दिनमा सदनमा हमला भए पछि उपकरण जडान गरिएकोले जाँच गरे पछि मात्र जान अनुमति दिने गरिएको छ ।

ह्यारिसको अर्को जाँच गर्न भन्दै अर्को परीक्षण गर्न किनारा लगाईएको थियो । उक्त समयमा सुरक्षाकर्मीले उनले बन्दुक ल्याएको फेला पारेका थिए । उनले अर्का सदस्यलाई बन्दुक राख्न भनेका थिए तर उनले आफूसंग बन्दुकको अनुमति आज्ञापत्र नभएको भन्दै अस्विकार गरेका थिए । अन्त्यमा ह्यारिस त्यहाँबाट गएर पुन १० मिनेट पछि त्यहाँ आएका थिए ।

त्यसपछि जाँच गर्दा उनिसंग उक्त बन्दुक साथमा नभएकोले उनलाई पुन :प्रवेश गर्न दिईएको थियो । ह्यारिस छैठौ पटक प्रतिनिधि सभामा बिजयी हुने जन प्रतिनिधि हुन भन्दै उनका प्रमुख कर्मचारी ब्रायन शुयेले वक्तब्य निकालेका छन ।

उक्त वक्तब्यका अनुसार उनि र उनका परिवारलाई धम्की आएकोले सुरक्षाको निम्ति राखेको भन्ने जनाएका छन । उनले कहिले देखि आफूले सुरक्षाको लागि बन्दुक राखेको बारेमा भने जानकारी दिएका छैनन ।

“सार्वजनिक अभिलेख अनुसार मेरील्याण्ड राज्यमा उनले हाते बन्दुक राख्ने अनुमति लिएका छन् । तर कंग्रेसम्यान (जन प्रतिनिधि)ले जहिले पनि धातु संसूचक को पालना गर्नु पर्दछ । सदनको सभाकक्षमा हतियार बोक्ने काम कहिल्यै गरेका छैनन ।

सदनका प्रहरी प्रवक्ता इभा मालेक्सीका नुसार यस घटनाको अनुसन्धान भै रहेको जनाएका छन । सर्व साधारणलाई क्यापिटल(सदन) मैदानमा बन्दूक बोक्न अनुमति छैन । तर कंग्रेसका सदस्यहरूले आफ्ना कार्यालयहरूमा बन्दुक राख्न सक्ने वा क्यापिटल मैदानमा लैजान सक्नेछन् यदि उक्त हतियारमा गोली राखिएको छैन र र सुरक्षित राखिएको छ भने मात्र ।

सभासद्हरुलाई प्रतिनिधि सभा कक्ष वा सिनेट कक्षमा बन्दुक ल्याउन अनुमति छैन।

श्रोत :एबिसी न्युज ,तस्बिर :सिबिएस बाल्टिमोर

प्रतिक्रिया