मंगलबार, फागुन २५ २०७७
काठमाडौं १२:४२
वासिङटन डिसी 01:57

नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल

इनेप्लिज २०७७ माघ १० गते २१:१४ मा प्रकाशित

टाउको र ढाड चिलायो रे उनको !
तिम्रो टाउको चिलाउँदा,

मैले लाठी किन खाने ?

तिम्रो ढाड चिलाउँदा,

म नारा जुलुशमा किन जाने ?

अस्ति गाउँ पसेर जनता लुट्यौ

हिँजो शहर पसेर देश लुट्यौ

सत्र हजार निर्दोस मानिसहरुलाई,

मकै भुटे जस्तै भुट्यौ !

मिलेर लुट्न जुट्यौ

भाग नमिलेर फुट्यौ

होइन भने भनत ए नालायक,

शीशा जस्तै फेरी किन टुट्यौ ??

तिम्रै टाउको फोड अब

के के बाँकी छ तोड्न,

तोड अब !

देश र जनताको नाम भजाउन,

छोड अब !

ए पापी मनुस्य

ए दुस्ट मनुस्य

जे जे गर्नु छ गर अब

तिमी बाँचेर के अर्थ भो र !

देश र जनताका लागि मर अब ।

– रामप्रसाद खनाल, माघ ८, २०७७

 

प्रतिक्रिया