बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
गत जनवरी ६ का दिन अमेरिकी सदनमा भएको हमला सम्बन्धि सिनेटका ७ जना डेमोक्र्याटिक सिनेटरहरुले क्रुज र हले बिरुद्ध आचार उजुरी पेश दायर गरेका छन् । उनीहरुले नैतिक समितिलाई रिपब्लिकनका मिजौरीका सिनेटर जोश होले र टेक्ससका टेड क्रूजलाई जनवरी ६ मा भएको दंगाको बारेमा अनुसन्धान खोल्न आग्रह गरेका छन् ।
सिनेटका सदस्यहरूले गत बिहीबार जनवरी २१ का समितिसँग उजुरी हालेका छन् । उनीहरुले निर्वाचकीय मत (इलेक्टोरल कलेज)को नतिजालाई उल्टाउन मुद्धा हालेका थिए ।
कुनै पनि हालतमा बाइडेनलाई ४६ औ राष्ट्रपति बन्न नदिन अन्तिम अवस्था सम्म प्रयास गरेका थिए । उनीहरुले नैतिक नियम उल्लंघन गरेको भन्दै पूर्ण छानबिन गर्न माग गरेका छन् ।
“सिनेट आचार समितिले उनीहरूको भूमिकालाई पूर्ण रूपमा बुझ्नको लागि तिनीहरूको आचरणको छानबिन गर्नुपर्दछ। हामीलाई थाहा छ उनीहरुको कार्यहरु एक अनुसन्धान र अनुशासनिक कार्यको आधिकारिक छ कि छैन भनेर एक दृढ संकल्पको माग गर्दछ भनेका छन् ।
उक्त समूह विशेष गरी आचार समितिले छानबिन गरि दियोस भन्दै ती दुई सिनेटरका कार्यहरू उच्च नैतिक सिद्धान्तप्रति वफादार हुन नसकेको आरोप लगाएका छन् ।
नैतिकताको गुनासोमा धेरै डेमोक्र्याटिक सिनेटले क्रुज र हव्लेलाई सिनेटबाट राजीनामा गर्न आग्रह गरेका छन् ।
श्रोत :हिल
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया