अमेरिकामा एकैदिनमा कोरोनाबाट ३७३४ को मृत्यु ,१ लाख ९१ हजार संक्रमित
३७ राज्यहरुमा नयाँ संक्रमितको संख्या घटेको र अस्पताल भर्नामा कमि
अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९१ हजार ९ सय १२ पुगेको छ । यसै गरि मृत्यु हुनेको संख्या ३ हजार ७ सय ३४ पुगेको छ । उक्त आँकडा गत शुक्रबार जनवरी २२ को दिन न्यूयोर्क टाइम्सले आफ्नो आँकडा आधारबाट निकालेको हो ।
गत हप्तामा औसतमा हरेक दिन १ लाख ८१ हजार १ सय ५ संक्रमितको संख्या रहेको थियो भने बिगत दुई हप्ताको तुलनामा ३० प्रतिसतले संक्रमितको संख्या घटेको हो ।
गत बुधबार र बिहिबार दुवै दिन अमेरिकामा ४ हजार भन्दा ज्यादा संक्रमितहरुको निधन भएको थियो भने उक्त संख्या अहिले सम्म कै उच्च हो । अमेरिकाका ३७ राज्यहरुमा नयाँ संक्रमितको संख्या घटेको र अस्पताल भर्नामा कमि आएको छ । तर नयाँ परिवर्तनशील कोरोनाले बढ्ने जोखिम रहेको छ ।
भर्जिनिया मात्र यस्तो राज्य हो जहाँ संक्रमितको संख्या शेसापिक र लिन्चबर्गमा वृद्धि भएको छ ।
हाल सम्म अमेरिकामा ३ करोड ९८ लाख ९२ हजार ४ सय खोप वितरण भै सकेको छ भने कम्तिमा १ करोड लाख ९१ लाख ७ हजार ९ सय ५९ जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।
बिगत केही दिनमा संक्रमणको संख्या घटेता पनि कोभिड-१९ को नया परिवर्तनशिल(न्यु भेरिएन्ट)को वृद्धि हुने आशंका गरिएको छ । अमेरिकाको भर्जिनिया राज्यमा अत्यधिक रुपमा संक्रमण वृद्धि भएको छ ।
अमेरिकामा हाल सम्म २ करोड ५२ लाख ४६ हजार ८ सय ५१ जना संक्रमित भएका छन भने ४ लाख २० हजार ५ सय ७९ जनाको मृत्यु भै सकेको छ ।
हाल सम्म अमेरिकामा ८९ लाख २५ हजार २ सय २० जना निको भै सकेका छन् ।
श्रोत :न्युयोर्क टाइम्स /अन्य
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया