शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:०८
वासिङटन डिसी 01:23

जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता

इनेप्लिज २०७७ माघ १० गते २:५६ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यको तर्फबाट रिपब्लिकन अमेरिकी प्रतिनिधि सभा सदस्य मार्जोरी टेलर ग्रीनले राष्ट्रपति जो बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएको बताएकी छिन । अत्यन्तै विवादित जर्जोया राज्यको १४ औ कंग्रेसनल जिल्लाबाट अमेरिकी तल्लो सदनकि सदस्य रहेकी उनले गत बिहिबार जनवरी २१ का दिन महाअभियोगको प्रस्ताव दर्ता गराएकी बताएकी छिन ।

बाइडेनले सपथ लिएको एक दिन पछि उनले बाइडेन बिरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएको भनेता पनि बाइडेनले के त्यस्तो अपराध गरेका छन् भन्ने बारेमा भने कागजात उपलब्ध नभएको संचार माध्यमले समाचार प्रकाशित गरेका छन् ।

उनले सामाजिक संजाल मार्फत क्युएनन षडयन्त्र सिद्धान्तलाई समर्थन गरेको भनि फेसबुकमा श्रब्य दृश्य मार्फत भने पछि विवादमा आएकी थिइन् । तर उनले उक्त कुराबाट टाटा राखेकी छिन ।

तर ग्रिनले ती प्रस्तावहरूले बाइडेनले उनका छोरा हन्टरलाई युक्रेनी ऊर्जा प्रतिष्ठानको समितिमा उपराष्ट्रपति हुँदा सेवा गर्न अनुमति दिएको आरोप लगाइएको संकेत दिएकी छिन ।

“राष्ट्रपति जो बाइडेन राष्ट्रपति पदका लागि अयोग्य छन्। राष्ट्रपति ओबामाको उपराष्ट्रपतिको रूपमा उनको शक्तिको दुरुपयोग गर्ने शैली लामो र चिन्ताजनक छ। राष्ट्रपति बाइडेनले आफ्नो छोरा हन्टरलाई जमानत लिनका लागि जे भए पनि गर्ने बताएकी छिन । भ्रष्ट विदेशी ऊर्जा कम्पनीहरुबाट नगदकारोवार/लेनदेन गरि खल्ती भरेको “ग्रीन द्वारा जारी वक्तब्यमा भनिएको छ ।

ग्रीनले अघिल्लो हप्ता बाइडेन विरुद्धको महाअभियोगको प्रस्ताव शुरू गर्ने संकेत गरेकी थिइन । बाइडेनले आफ्नो छोराको व्यवसायको रुचिलाई ध्यानमा राख्दै युक्रेन प्रति कुनै नीतिगत निर्णय गर्न अस्वीकार गरे।

गत वर्ष सिनेट रिपब्लिकनले बाइडेन विरुद्ध भ्रष्टाचारका आरोपहरुमा गरिएको अनुसन्धानले वर्तमान राष्ट्रपतिले कुनै गलत काम गरेको प्रमाण फेला पारेको थिएन ।

गत सेप्टेम्बरमा जारी गरिएको उक्त प्रतिबेदन (रिपोर्ट)ले युक्रेनी कम्पनी बुरिश्माका लागि हन्टर बाइडेनको कामले अमेरिकाको विदेश नीतिमा असर पारेको प्रमाण फेला पारेको थिएन ।

श्रोत :द हिल

प्रतिक्रिया