अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
४६ औ राष्ट्रपति जो बाइडेनको मन्त्रिमण्डलमा उनले मनोनयन गरेका अवकाश प्राप्त सेनाका चार तारे जनरल लोयड जे अस्टिनलाई रक्षा सचिवमा सिनेटले अनुमोदन गरेको छ ।
अस्टिन यसरी पेन्टागनको प्रमुखको साथै प्रथम अस्वेत रक्षा सचिवमा मनोनित भै इतिहास बनाएका छन । उनलाई सिनेटले जनवरी २२ शुक्रबार रक्षा सचिवको रूपमा स्वीकृत गरेको छ ।
सिनेटमा मतदान हुँदा ९३ -२ मत प्राप्त गरि उनले आफ्नो पद निश्चित गरेका हुन् ।
“यो एक असाधारण, ऐतिहासिक क्षण हो,” रोड आइल्याण्डका डेमोक्र्याट र सशस्त्र सेवा समितिका अध्यक्ष सिनेटर ज्याक रीडले भने। “आज हाम्रो सशस्त्र बलको एउटा महत्वपूर्ण हिस्सा अफ्रिकन अमेरिकन वा ल्याटिनो हो र अब उनीहरू आफैंलाई रक्षा विभागको शीर्षमा देख्न सक्छन् जसले अवसरको वास्तविक धारणा बनाउँछ।”
६७ बर्षिय अस्टिन इराक, अफगानिस्तान, यमन र सिरियाको उत्तरदायित्व सहित अमेरिकी सेन्ट्रल कमाण्ड, सेनाको मार्कीयुद्ध निरीक्षणको नेतृत्व गर्ने एकमात्र अफ्रिकन अमेरिकन हुन्। उनी २०१६ मा सैन्य सेवामा ४१ बर्ष पछि सेवानिवृत भएका थिए । अमरिकी सेनामा उनि ज्यादै सम्मानित हुन् ।
श्रोत :सिएनएन
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया