ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लगाउने भएको दोश्रो महाअभियोगको पहिलो प्रस्ताव सोमबार सिनेट पठाईने भएको छ । तर महाअभियोगको वहस भने फेब्रुअरी ८ देखि प्रारम्भ हुने भएको छ ।
राष्ट्रपति जो बाइडेनले मनोनित गरेका मन्त्रिमण्डलका विभिन्न पदहरुका व्यक्तिहरुको सिनेटबाट अनुमोदन गर्नु पर्ने भएकोले तुरुन्तै गर्न ढिलाई भएको हो । साथै सिनेटका अल्पमतका नेता मिच म्याकोनेलले महाअभियोगको प्रस्ताव फेब्रुअरीको दोश्रो हप्तामा ल्याउन आग्रह गरेका थिए ।
उनले ट्रम्पका कानुनी व्यवसायीहरुको टोलीलाई समय दिनु पर्ने समेत अनुरोध गरेका थिए । यता सिनेटका वर्तमान बहुमतका नेता चक सुमर र मिच म्याकोनेल बीच सम्झौता भए पछि महाअभियोगको परीक्षण बहस सारिएको चक सुमर शुक्रबार जानकारी दिएका छन्
महाभियोगको परीक्षणमा ढिलाइले डेमोक्र्याटहरूका लागि अर्थपूर्ण बनाउँछ किनभने यो मुद्दा बाइडेनको मन्त्रिपरिषद्को स्वीकृति रोक्न सक्ने खतरामा रहेको छ।
तल्लो सदनमा महाअभियोगको पहिलो प्रस्ताव “विद्रोहको प्रोत्साहन ” पारित भएको थियो भने उक्त प्रस्ताव सिनेटमा जनवरी २५ का दिन सोमबार ल्याइने छ ।
“हामी मुद्दामा सिनेटको संवैधानिक शक्तिको सम्मान गर्दछौं र प्रक्रियाको निष्पक्षताप्रति सँधै ध्यान दिन्छौं, पूर्व राष्ट्रपतिले हाम्रो व्यवस्थापकहरूको हैसियतमा परीक्षणको लागि तयार हुन त्यतिनै धेरै समय लाग्ने” उनले बताइन ।
यस घोषणाले प्रभावकारी रुपमा महाअभियोगको बारेमा सहमति हुन सिनेटका नेताहरूको म्याद तय गर्छ भनिन ।
श्रोत :एबिसी न्युज
न्युयोर्क सिटी काउंसिल डीस्ट्रिक्ट २५, ई चेन को सघाउन नेपाली समुदायको तर्फबाट दिपेन्द्र लामा
अमेरिका-मेक्सिको सीमामा ३ हजार २ सय आप्रवासी बालबालिका हिरासतमा अड्किए
मिजोरीको सेन्ट लुइसमा भएको गोलीकाण्डमा ९ बर्षिय बालकको मृत्यु
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
न्युयोर्कको माछा बजारमा किशोरी मृत अवस्थामा प्लास्टिकको पोकामा बेरिएको फेला
प्रतिक्रिया