डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
अमेरिकाको राजधानी वाशिंगटन डिसीमा ४६ औ राष्ट्रपति जो बाइडेनले सपथग्रहणको एकदिन पछि जनवरी २१ को दिन भएको गोली काण्डमा एक किशोर सहित ३ जनाको मृत्यु भएको छ ।
उक्त घटना वाशिंगटन डिसीको दक्षिणपूर्वमा भएको हो । हाल सम्म व्हाइटहाउसको छेउछाउ अझै राष्ट्रीय सैनिकहरुको उपस्थिति रहेको छ भने बिस्तारै सुरक्षा खुकुलो पारिदै भएको बेलामा अर्को स्थानमा उक्त दुखद घटना भएको छ ।
गत बिहिबार तीनवटा छुट्टाछुट्टै समयमा भएको गोलीकाण्डमा ३ जनाको ज्यान गएको छ । मृतक १५ बर्षिय किशोर डेभोन लेविस भएको र उनलाई गाडी भित्र करीव ७ :१० मिनेट रातीको समयमा गोली हानिएको थियो ।
डिसी प्रहरीका अनुसार यसै गरि अर्को डिसीको कंग्रेस हाइट मेट्रो स्टेसन नामक क्षेत्रमा पनि गोली चलेको आवाज सुनिएको बताएका छन् । प्रहरीका अनुसार सवारी साधनको पछाडी बस्नेलाई गोली हानिएको थियो भने उक्त गोली प्रहारबाट किशोरको घटनास्थल मै मृत्यु भएको थियो ।
यसै गरी डिसी कै दक्षिणपूर्व क्षेत्रमा पृथक गोलीवारी हुँदा २ जनाको ज्यान गएको छ । डिसी कै दक्षिणपूर्वको थर्ड स्ट्रिट(मार्ग)मा करिव २:४५ बजे गोली चलेको प्रहरीलाई खवर गरिएको थियो । खबर गर्नेले वादविवाद भएको र त्यसपछि कैयौ गोली चलेको बताएका थिए ।
प्रहरीले २७ बर्षिय एन्ड्रयु सेसनलाई एक आवासगगृहको दोश्रो तलामा गोली लागेको अवस्थामा फेला पारिएको थियो । उनलाई अस्पताल लगिएता पनि उनको त्यही मृत्यु भएको घोषणा गरिएको प्रहरीले जनाएका छन् ।
श्रोत : डब्लुटिओपी
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया