मैले सुनेको थिए,
नेता भनौँ या शासकहरूले
देशका नदिनालाहरु बेचे
देशका सम्पदाहरू बेचे
कोरिएको देशको नक्सा बेचे
मैले देखेको थिए,
नेताहरूले इज्जत प्रतिष्ठा बेचे
देशको स्वाभिमान बेचे
उद्योग धन्दा कलकारखाना बेचे
जनताको रगत पसिना बेचे
र आफूले आफूलाई पनि बेचे
म अहिले हेर्दैछु,
नेताहरूले जनताको ईक्षा आकाङ्क्षा बेचे
उनीहरूको चाहना र खुसीहरू बेचे
आफ्नै पद र प्रतिष्ठा बेचे
सङ्घर्ष र बलिदानको कथा बेचे
र आफ्नो हैसियत र औकात पनि बेचे
होइन ए नेताहरु हो
देशका शासकहरू हो
तिमी जन्मिएकै
बेच्नको लागी हो र ?
यदि बेच्न सक्छौ भने
देशका तमाम उत्पादनहरू बेच
युवाहरुलाई रोजगारी बेच
किसानलाई समयमा मल बिउ बेच
बिरामीलाई निःशुल्क उपचार बेच
बाल बालीकालाई निःशुल्क शिक्षा बेच
भोकाएकालाई निःशुल्क भोजन बेच
देशका सुन्दर द्रिश्यहरुलाई बेच
तर देशको मुहार फेर्न तम्सिएका
आफ्नै देशका युवाहरुलाई
तिम्रो स्वार्थले भरिएको भावना नबेच !!
बिनोद पोख्रेल
हाल टेक्सास
०१/२२/२०२१
प्रतिक्रिया