मंगलबार, फागुन २५ २०७७
काठमाडौं १३:३१
वासिङटन डिसी 02:46

न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण

इनेप्लिज २०७७ माघ ८ गते २२:५७ मा प्रकाशित

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को महिला विभागको आयोजनामा यहि आउदो जनवरी २३ तारिक शनिबार बेलुका सात बजे (अमेरिकी पूर्वीय समय )अनुसार महिला अन्तरक्रिया कार्यक्रम प्रत्यक्ष प्रसारणको आयोजना डिसी महानगरमा छरिएर रहनुभएका तथा डिसी बाहिरका समेत अग्रज महिला दिदी बहिनीहरुबाट हुने भएको छ।

कोभिड-१९ को कहरमा महिला दिदी बहिनीहरुले भोग्नुपरेका तीता मीठा अनुभबहरुलाई कसरी पस्कन सकिन्छ । र भबिष्यमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको कुरा उक्त कार्यक्रमकी आयोजक सुनिता खत्रीले जानकारी गराउनु भएको छ।

हालसम्म अमेरिकामा बसोबास गर्दै आएका विभिन्न विधामा सफलता हासिल गर्दै अगाडि बढ्नु हुने र मार्गदर्सक बन्न सक्नु हुने सम्पूर्ण महिला तथा सज्जन ब्रिन्दरुलाई स्वत :स्फुर्त रुपमा सहभागी भै आफ्ना अनुभब र सफलताका खुड्किलाहरु सबै सामु प्रस्ट पारी प्रेरणाको पथप्रदर्शक बनिदिनुहुन आयोजक खत्रीले सबै सामाजिक सस्था समुदायका बुद्धिजीबी व्यक्तित्त्व लगायत सम्पूर्ण महानुभाबहरुलाई आव्हान गर्नु भएको छ।

जिज्ञासा तथा प्रश्नका लागि न्याक (NACC )महिला बिभागमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यो कार्यक्रम इनेप्लिजबाट प्रत्यक्ष प्रसारण हुंदैछ।

सम्पर्क:
1. Sunita Khatri (703 297 1778)
2. Dr.Kalpana Satyal
3. Bina Khadkalama
4. Sunita Subedi
5. Sita Kafle

प्रतिक्रिया