काठमाडौं,
र्याप गीत ‘मुसेको छोरा’ (हातभरी टाटु) सार्वजनिक भएको छ।र्याप स्टार एल्बममा रहेको गीतको भिडियो सार्वजनिक भएको हो।नेपाली हिपहप रेकर्डसको प्रस्तुति रहेको गीतमा शब्द,सङ्गीत र र्याप साङ्गे तामाङ (यसटी म्यान)को रहेको छ भने मिक्सिङ तथा माष्टरिङ रुथलेशको छ।
झोले टिमको छायाँकन रहेको गीतको भिडियोमा रवी तामाङको सम्मादन, राजु तामाङको कलर, विविके घतानीको एनिमेशन रहेको छ।गीतको भिडियो नेपालमै पहिलो अन्तर्राष्ट्रिय लेभलको र्याप गीत भएको निर्माण पक्षले दाबी गरेको छ।सार्वजनिक यो र्याप गीतको भिडियोले हुलिया हेरेर कसैले कसैलाई जज नगर्नु भन्ने सन्देश दिन खोजेको र्यापर साङ्गे तामाङले बताउनुभयो।
झोले टिमकै निर्देशन रहेको गीतको भिडियोमा रामचन्द्र अधिकारी,शुसान्त घलान, शृजना तामाङ,भावना वराईली, ऋतु थापामगर, अञ्जना तामाङ, युनिका तामाङ, विनोद मगरलगायतका कलाकारको अभिनय रहेको छ।
प्रतिक्रिया