ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
इनेप्लिज
२०७७ माघ ७ गते २३:४२ मा प्रकाशित
अमेरिकी ईतिहास कोर्ने प्रथम महिला उपराष्ट्रपति बन्ने अवसर प्राप्त गरेकी प्रथम अस्वेत,प्रथम दक्षिण एसियाली र प्रथम महिला कमला ह्यारिसले हालसालै बिजयी भएका ३ जना सिनेटरलाई सिनेटमा सपथ गराएकी छिन ।
उनले उनीहरुलाई सपथ गराए पछि सिनेटमा रिपब्लिकन र डेमोक्र्याटिक दलको ५० -५० स्थान रहेकोमा उनले आफ्नो एक मत प्रयोग गरि डेमोक्र्याटिक दललाई बहुमत दिलाएकी छिन ।
सन् २०१४ को निर्वाचनमा सिनेट पद डेमोक्र्याटिकहरुले गुमाएका थिए ।
गत जनवरी ५ का दिन जर्जियामा सम्पन्न दुईवटा सिनेटर पदमा डेमोक्र्याटिक दलले विजय प्राप्त गरेकोले सिनेटमा बहुमत भएको हो ।
अब डेमोक्र्याटिकहरुको अमेरिकी तल्लो सदन प्रतिनिधि सभा तथा माथिल्लो सदन सिनेटमा बहुमत भएको छ ।
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया