यो घुम्ने मेचमाथिका मनुष्य,
आजकल पनि अन्धा छन् ।
यिनीहरूलाई आजकल पनि,
रात रात भरि उपियाँले टोक्छ,
दिन दिन भरि रुपियाँले टोक्छ ।
तिम्रो देहान्तपछि बनेको नेपालको इतिहास,
उस्तै पाप र घृणाले भरिभराउ छ ।
जनआन्दोलनमा उदाएको आसाको घाम,
हरेक साँझ आँसु पुछ्दै अस्ताउँछ ।
तिम्रा कवितापछि बनेका सहिदहरुलाई पनि,
इतिहासले पुन लुटेको छ ।
सत्ताको रङ्गमञ्च चलिरहेछ,
कलाकारहरु कहिले जुटेको त कहिले फुटेको छ ।
सेतो प्लेट चढी सिंहदरबार धाउने श्री ३ हरुले,
सहिदको रक्तिले आफ्नो महल लिप्ने गर्छ ।
बालुवाटार हडपेका आधुनिक श्री ५ हरुले,
गरिबलाई झुटो सपना बेचि आफ्नो ढुकुटी भर्छ ।
न प्रदर्शनको घुम्ने मेच बदलियो,
न त मेच माथिको अन्धो मान्छे !
त्यसैले प्रिय भूपी,
तिमी फर्केर नआए हुन्छ,
किनकि तिमीलाई कविता रच्न,
कुनै नयाँ शीर्षक छैन ।
– रोशन श्रेष्ठ
हयूस्टन, टेक्सास
प्रतिक्रिया