शनिबार, फागुन १५ २०७७
काठमाडौं ११:४७
वासिङटन डिसी 01:02

न्युयोर्कको म्यानह्याटनमा गोली हानी ३६ बर्षिय मानिसको हत्या

इनेप्लिज २०७७ माघ ६ गते १२:२३ मा प्रकाशित

न्युयोर्कको म्यानह्याटनमा गत सोमबार राती गोली हानी ३६ बर्षिय मानिसको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।

उक्त घटना न्युयोर्कको सि र ई एभेन्यु (मार्ग )बिचमा भएको हो । उक्त व्यक्तिलाई पेटमा करिव सोमबार राती ८:४० मा गोली हानिएको थियो न्युयोर्क प्रहरी बिभागले जनाएको छ ।

गोलि लाग्ने पछि उनलाई बेथ इजराएल अस्पताल लागिएको थियो भने उनको त्यहाँ निधन भएको थियो । उक्त घटनामा ३ जना मानिसहरु रहेको र उनीहरु भागेको प्रहरीले जनाएका छन् ।

प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरि रहेको बताएका छन् । प्रहरीलाई खबर दिने मानिसले पीडित दुई चक्र बाहनमा भएको बताएका थिए ।

श्रोत :न्युयोर्क पोस्ट

प्रतिक्रिया