भर्जिनियामा ५ बर्षिय बालक अपहरणमा परेपछि प्रहरीद्वारा एम्बर सतर्कता जारी
अमेरिकाको भर्जिनियामा राज्यका एक ५ बर्षिय बालक अपहरणमा परेपछि प्रहरीद्वारा एम्बर सतर्कता जारी गरिएको छ । गत सोमबार साँझ जनवरी १८ का दिन प्रहरीले होशियार गर्दै उक्त सतर्कता जारी गरेको हो ।
भर्जिनिया राज्य प्रहरीका अनुसार उनि बालबालिका बितरण केन्द्रबाट हराएका हुन् भने उनको नाम ब्रासेन केन्ट एमवानावाबेन रहेको प्रहरीले जनाएका छन् ।
प्रहरीका अनुसार अस्वेत ५ बर्षित बालकले खैरो लामो बाहुले कमेज,निलो जिन्स र निलो कोट ,कालो हरियो रंगको जुत्ता र निलो टोपी लगाएको जनाएका छन् ।
उनको उचाई ३ फित र वजन ४५ पाउण्ड रहेको छ भने उनलाई चार्लोटभीलको १५२८ चेरी एभेन्युमा देखिएको प्रहरीले सूचना दिएको छ । उनि अत्यन्तै खतरामा रहेको प्रहरीले जनाएका छन ।
उनलाई केर्लि जोन्सन गेज नामक अस्वेत महिलाले अपहरण गरेको जनाईएको छ । उनि ५ फित ४ इन्च भएको समेत प्रहरीले सूचना दिएका छन् ।
उनि १९९७ मा निर्मित रातो होन्डा गाडीमा देखिएकी थिइन् भन्दै सूचना जारी गर्दै चार्लोट्सभिल प्रहरी विभागको ४३४-९७७-४००० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।
श्रोत : डब्लुटिओपी
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया