शनिबार, फागुन १५ २०७७
काठमाडौं १३:०९
वासिङटन डिसी 02:24

न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ

इनेप्लिज २०७७ माघ ५ गते २३:५४ मा प्रकाशित

गत जनवरी ६ का दिन सदनमा भएको दंगामा सदन भवनमा छिरेर सभामुख न्यान्सी पेलोसीको कार्यालय अगाडी सेल्फी (स्वयमको तस्बिर )खिच्ने न्युयोर्कका एक बिधार्थीलाई पक्राउ गरिएको छ ।

उनले स्वयमको तस्बिर खिची सामाजिक संजाल इन्स्टाग्राममा राखे पछि उनलाई पक्राउ गरिएको हो । एफबिआइले उक्त दंगामा संलग्न भएकाहरुलाई धमाधम पक्राउ गरि रहेको छ भने एफबिआइले सबैलाई सहयोग गर्न आग्रह गरि रहेको छ ।

उनलाई सोमबार पक्राउ गरिएको हो भने संघीय अदालतमा पेश गरिएका कागजातमा उल्लेख गरिएको छ । २० बर्षिय निकोलस मोकाडा न्युयोर्क म्यानह्यटनको फेशन इन्सटिट्युट अफ टेक्नोलोजीका बिद्यार्थी भएको पुष्टि भएको छ ।

उनि भेषभुषा बिषयका बिधार्थी हुन् भने उनलाई उनको घर स्टाटेन आइल्याण्डबाट हिरासतमा लिइएको हो । उनलाई उनकै साथीहरुले पहिचान गरेका थिए ।  मोनकाडाका अधिवक्ता मारियो गालुसीका अनुसार उनले कुनै हिंसात्मक अभियोग नलाग्ने बताएका छन् ।

श्रोत : एबिसीन्युज

प्रतिक्रिया