शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:२६
वासिङटन डिसी 01:41

ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार

इनेप्लिज २०७७ माघ ५ गते २३:२२ मा प्रकाशित

अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्डमा एक १२ बर्षिय किशोरीले आफ्नै पितालाई छाती र पेटमा छुरा प्रहार गरेकी छिन । उनले आफ्ना बुवालाई हत्या गर्ने प्रयास गरेकी थिइन भने उक्त घटना घरमै घटेको हो ।

उनले दुई पटक छुरा प्रहार गरिएको प्रहरीले जनाएका छन । उक्त घटना गत बुधबार बिहान करिव १० बजे भएको हो । पोर्टल्याण्डको विन्टर स्ट्रिट(मार्ग)मा भएको प्रहरीले जानकारी दिएका छन ।

उक्त पीडित व्यक्तिको पहिचान भएको छैन भने छुरा प्रहार गर्दा उनको हात पनि काटिएको थियो । उनको उमेरको कारण नाम सार्वजनिक गरिएको छैन ।  सहायक प्रहरी प्रमुख टिम कगलका अनुसार प्रारम्भिक अनुसन्धानको आधारमा १२ बर्षिय युवती आक्रमणको जिम्मेबार भएको एक वक्तब्यमा जनाएका छन् ।

दुवैजनालाई घटनास्थलमा अबर्न अग्नी नियन्त्रण बिभागले प्राथमिक उपचार गरे पछि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । पिताको अवस्था गम्भीर रहेता पनि स्थिर रहेको छ ।

श्रोत : न्युजविक डटकम

प्रतिक्रिया