ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
गत जनवरी ६ मा भएको दंगामा राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक अमेरिकाको न्यु मेक्सिको राज्यका एक सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ गरिएको छ ।
उनि काउब्वाईज फर ट्रम्प नाम समूहका संस्थापक हुन् ।
संघीय अनुसन्धान बिभाग(एफबिआई)ले दंगामा संलग्न र तोडफोड र गैर कानुनी रुपमा सदन प्रवेश गरेकालाई व्यापक खोज तलास गरि रहेको समयमा उनलाई पक्राउ गरिएको छ । रोयटर्सका अनुसार उनलाई पक्राउ गरिएको न्याय बिभागले जनाएको छ । उनले वाशिंगटन बन्दुक सहित जाने र निर्वाचित राष्ट्रपतिको उद्घाटनमा बिरोध गर्ने कसम खाएका थिए ।
क्युओ ग्रीफिन नामक उक्त व्यक्त अमेरिकाको न्यु मेक्सिको राज्यको एक काउन्टीका आयुक्त हुन् । उनि जो बाइडेनलाई कंग्रेसले उनले प्राप्त गरेको निर्वाचकीय मत(इलेक्टोरल कलेज)लाई प्रमाणित नगर्न दबाव दिनको साथै सदन कब्जा गरि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै जबर्जस्ति दोश्रो पटक राष्ट्रपति होस् भन्ने चाहनाले त्यहाँ उनि लगायत हजारौको संख्यामा आएका थिए ।
उक्त दंगामा ५ जनाको ज्यान गएको थियो । उनि सदनमा खुट्टा टेकेका थिए तर उनि भित्र पसेका थिएनन् भनिएको छ । दंगा पछि पुन: उनि बाइडेनको सपथमा आउने भएका थिए । उनले एक भिडियो(श्रब्य दृश्य)सार्वजनिक गर्दै
“यदि हामी गर्छौं भने यो दिन दुखद हुनेछ, किनकि त्यस भवनबाट रगत बग्नेछ,” उनले एफबीआईले प्राप्त गरेको कागजातका अनुसार सामाजिक संजाल (फेसबुक)मा प्रकाशन गरेको भिडियोमा त्यसो भनेका छन् ।
न्यु मेक्सिकोमा ग्रिफिनले ओटेरो काउन्टी परिषदको बिहीबारको बैठकलाई बताए कि उनले राइफल र रिभल्भर लिएर वाशिंगटन जाने योजना बनाएका थिए। उनले अनधिकार प्रवेश आरोपहरूको सामना गर्ने छन् ।
श्रोत : रोयटर्स
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया