शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:१६
वासिङटन डिसी 01:31

अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु

इनेप्लिज २०७७ माघ ५ गते ११:५४ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ६९ हजार ६ सय ४१ पुगेको छ । यसै गरि एकैदिनमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ । गत जनवरी १७ आइतबार दिन २४ घन्टामा उक्त संख्या पुगेको न्युयोर्क टाइम्सले जनाएको छ।

बिगत हप्तामा औसतमा हरेक दिन २ लाख १८ हजार ९ सय ७१ जना संक्रमित भएका थिए भने बिगत दुई हप्ताको तुलनामा औसतमा ३ प्रतिसतले संक्रमितको वृद्धि भएको छ ।

हाल सम्म अमेरिकामा ३ करोड ११ लाख ६१ हजार ७५ खोप वितरण भै सकेको छ भने कम्तिमा १ करोड लाख २२ लाख ७९ हजार १ सय ८० जनाले खोप लगाई सकेको जानकारी सिडीसीले दिएको छ ।

अमेरिकामा हाल सम्म २ करोड ४३ लाख २९ हजार ६ सय ९१ जना संक्रमित भएका छन् भने ८४ लाख ६२ हजार ८६ जना निको भएका छन् । यसैगरी कोभिड-१९ बाट मृत्यु हुनको संख्या ४ लाख ३ हजार ७ सय ८ पुगेको छ ।

श्रोत :न्युयोर्क टाइम्स/अन्य श्रोत

प्रतिक्रिया