अनेसास दर्पणका प्रधान सम्पादक कवि लाल गोपाल सुवेदीले विश्वभरका साहित्यिक पाठकहरूलाई लक्षित गर्दै यसको सातौँ अंक सार्वजनिक गरेका छन्।अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय कार्य समितिद्वारा प्रकाशन गरिने‘ अनेसास दर्पण ‘ अनलाइन साहित्यिक पत्रिका हो।यसलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे विशेषांकका रूपमा बृहत् किताबी स्वरूपमा नै बजारमा ल्याइँदै छ।
यसमा घिमिरेको व्यक्तित्व,कृतित्व र जीवन शैली झल्किने खालका लेख,रचना ,समालोचना र विविधता झल्किने संस्मरणहरू प्रकाशित छन्।भविष्यमा माधव घिमिरेको बारेमा गरिने शोध अनुसन्धानलाई समेत मद्दत होस् भन्ने लक्ष्य राखिएको छ।अबको हप्ता दश दिन भित्रै प्रिन्टेट कपीलाई एक भव्य समारोहको आयोजना गरी विमोचन गरिने कुरा ‘ अनेसास दर्पण’का कार्यकारी सम्पादक हरिप्रसाद काफ्ले ‘शैव’ ले बताए।
प्रतिक्रिया