डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
आगामी जनवरी २० बुधबारका दिन निर्वाचित राष्ट्रपति जो बाइडेनको उद्घाटन कार्यक्रमको लागि अत्यन्तै सुरक्षा कडा गरि रहेको समयमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने एक महिलालाई उद्घाटन जाँच चौकीमा पक्राउ गरिएको छ ।
डिसी महानगर प्रहरीका अनुसार ६३ बर्षियले महिलाले सैनिक प्रहरीको लागि बनाइएको सिक्का देखाएकी प्रहरीले बताएका छन । उनलाई गत शनिबार बिहान जाँच चौकीमा प्रकाउ गरिएको हो । जाँच गर्ने क्रममा उनि भागेकी थिइन् ।
कनेक्टिकट स्टार्टफोर्डकि लिन्डा म्यागोभर्नलाई डिसीको युनियन स्टेसनमा प्रकाउ गरीएको थियो । उनि उद्घाटन क्षेत्रको कोलम्बस सर्कल नजिक बिहान ८:४५ मिनेटमा उनि त्यहाँ आएकी थिइन ।
उनले मन्त्रिमण्डलकी एक सदन भनेता पनि उनलाई गाडी रोक्न र गाडी बन्द गर्न प्रहरीले आदेश दिएका थिए । उनलाई सवारी साधन चालक अनुमति पत्र देखाउन भनिएको थियो ।
पटक पटक उनलाई रोक्न भन्दा पनि उनि आदेश नमानी कोलम्बस सर्कलबाट अगाडी बढेकी थिइन र उनलाई प्रहरीले युनियन स्टेसन नजिक अन्तिममा रोक्नु परेको थियो ।
उनि त्यहाँबाट भागेकी थिइन् भने उनलाई जाँच गर्न अस्पताल लागिएको थियो ।
श्रोत : एनबिसी न्युज
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया