शनिबार, फागुन १५ २०७७
काठमाडौं ११:४५
वासिङटन डिसी 01:00

न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ

इनेप्लिज २०७७ माघ ५ गते १:४२ मा प्रकाशित

न्युयोर्क क्विन्समा ७० बर्षिय बृद्धा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ गरिएको छ । उनले एक पटक मात्र हैन पटक पटक त्यस्तो गरिएको आरोप उनलाई लागेको छ ।

उनले बिष कफीमा मिसाएर दिदै गर्दा उनले त्यसको श्रब्य दृश्य सहित खिचेको आरोप उनलाई लगाईएको छ । उक्त घटना जनवरी १२ का दिन घटेको हो भने यसै सिलसिलामा क्विन्समा बसोबास गर्ने सुन्चा टिनर्भालाई त्यस्तो गरेको भिडियो निगरानीबाट पत्ता लगाईएको हो ।

उनले रातो बिर्को भएको सिसीमा राखिएको सेतो धुलो पदार्थ जस्लाई पहेलो लेबल(नाम पर्चा)को साङ्गलो र कमिलालाई मार्ने बिष दिएको क्विन्स जिल्ला अधिवक्ता मेलिन्डा काटजको कार्यालयले जनाएको छ ।

टिनर्भाले उक्त बिषको सिसी आलमारी मुनि रहेको नलीमा लुकाई राखेकी थिइन । उनले दुई या तीन पटक कफीमा मिसाएर दिएको वकिलको कार्यालयले जनाएको छ । गत जनवरी १४ का दिन करिव १०:४० मिनेट राती जासुसहरुले मुनी लुकाई राखेको अवस्थामा फेला पारेका थिए ।

अधिकारीहरुले उक्त सिसीमा १०० प्रतिसत बोरिक एसिड रहेको र त्यसले साङ्गलो र कमिला मार्नेलाई प्रयोग गरिने बताए । बोरिक एसिड खाए पछि वाकवाक लाग्ने,पेट दुख्ने र दिसा लाग्ने हुन्छ भने ज्यादै खादा एलर्जी(असहिष्णुता) ,छालामा डावर आउने , खोकी लाग्ने,घाटी दुख्ने ,स्वास लिन असजिलो हुने र नाक बाट रगत बग्ने आदि हुने हुन्छ ।

वकिलको कार्यालयका अनुसार उनको पति बिरामी मात्र भएका थिए भने उनलाई कुनै त्यस्तो अप्ठ्यारो स्थितिबाट गुज्रिनु भने परेन। उनलाई क्वीन्स फौजदारी अदालतका न्यायाधीश जेफ्री गेर्शुनीको अगाडि दोस्रो श्रेणीको आक्रमणको प्रयास, दोस्रो श्रेणीको लापरवाह खतरा र चौथो श्रेणीमा मा हतियारको आपराधिक कब्जाको आरोपमा पेश गरिएको छ।
.
श्रोत : एबिसी न्युज

प्रतिक्रिया