शनिबार, फागुन १५ २०७७
काठमाडौं ११:३७
वासिङटन डिसी 00:52

फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत

इनेप्लिज २०७७ माघ ४ गते २३:३० मा प्रकाशित

फिप्नाको आगामी रोडम्याप तयार , संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत : प्रेश वक्तव्य

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को संघिय परिषद बैठक जनवरी १६,२०२१ का दिन सम्पन्न भएको छ । नेपाली अमेरीका आदिवासी जनजातिहरूको साँझा छाता संगठनको रूपमा क्रियाशील महासंघले आगामी दिनमा अझ सशक्त र प्रभावकारी भुमिकाहरू निर्वाह गर्दै जाने बैठकको निष्कर्ष रहेको छ । कोरोना कहरका कारण भर्चुवलरूपमा सम्मन्न परिषद बैठकमा फिप्ना केन्द्रीय कार्यसमितिले मुख्य गरेर ४ .वटा विषहरू प्रस्तुत गरी त्यसउपर छलफल गरी निर्णय भएको छ ।

१ . नियमित रूपमा वार्षिक आय व्याय समेटिएको आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन कोषाध्यक्ष र महासचिवले कार्यसमितिको तर्फबाट प्रस्तुत गर्नुभएकोमा उपस्थित सम्पूर्ण प्रतिनिधीहरू बाट सर्वसहमतीले पारीत भएको छ ।

२ . बैठकमा महासंघको आगामी रणनीतिहरूको विषयमा वैचारिक मार्गचित्र कार्यसमितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नुभएको छ । यसबाट अबको फिप्नाले खासगरेर नेपालको आदिवासी जनजाति आन्दोलनको उपलब्धीहरूको रक्षाको लागी निरन्तर विभिन्न रचनात्मक भुमिका निर्वाह गर्ने साथै नेपालका उत्पीडित जाती , समुदाय , क्षेत्र र लिंगका जनताहरूलाई राज्यको मूलप्रवाहमा समाहित गर्न उनिहरूको शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्य, राजनितिक सबै क्षेत्रमा सहयोगी भुमिका निर्वाह गर्न रचनात्मक कार्यक्रमहरू र परियोजनाहरू संचालन गरिने छ ।

३ . फिप्नाको कार्यक्षेत्रलाई विकास र विस्तार गर्दै नेपाली अमेरीकन आदिवासी जनजातिहरूको साझा संस्थाको रूपमा विकास भएकोलाई अझ व्यापक बनाउदै आगामी दिनमा आदिवासीहरूको पेशागत संगठनहरूलाई पनि गोलबद्व गर्दै यसबाट युवाहरू, विद्यार्थीहरू , महिलाहरू , पत्रकारहरू , कलाकारहरू, कानुन व्यावसायीहरू , साहित्यकारहरू सबैलाई समेट्दै एकीकृत शक्ती निर्माण गर्दै जानु आजको आवश्यकता हुने नितिगत प्रस्ताव पारीत भएको छ ।

४ . नेपाली अमेरीकनहरूको पहिचानलाई स्थापित गर्दै नेपाली कला , साहित्य, ईतिहास, भाषा , संस्कृतिको संरक्षण सम्बर्धन र प्रवर्धन गर्दै विश्वसमुदायलाई नेपालप्रती आकर्षित गराउने उदेश्यले नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्रको रूपमा न्यूयोर्कमा स्थापित गर्ने निर्णय पारीत भएको छ । यो विषयमा अझ थप प्रभावकारी र व्यवस्थित योजनाका साथ अगाडी बढ्नलाई थप गृहकार्य गरेर कार्यसमितिले योजना बनाउने छ।

संसारभरीको आप्रवासीहरूको केन्द्र अमेरीका, सम्भावनाहरूको अथाह सागर हो । आप्रवासनको ईतिहास हेर्दा जुनै मुलुकमा पनि पहिलो पुस्ताले धेरै मेहनत र दु:ख गरेको हुन्छ । हामी पनि पहिलो पुस्ता हौ , हाम्रो विवेकपूर्ण सानो प्रयासले सयौ पुस्ता सम्म नेपाली मुलका मानिसहरू नेपाली अमेरीकन पहिचानका साथ अमेरीकाको मुलधारको नेतृत्व गर्ने अवस्था रहोस , त्यसको लागी वर्तमान हाम्रो संघ संस्थाहरू , अगुवाहरूको भुमिका महत्वपूर्ण हुन्छ । सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु ।

लोक चेम्जोङ ,अध्यक्ष- नेपाल आदिवासी जनजाति महासंघ अमेरीका केन्द्रीय कार्यसमिति, अमेरीका

जनवरी १७ ,२०२१

प्रतिक्रिया