नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
नेप्लिज एशोशिएसन इन साउथ इस्ट अमेरिका(नासा) र पतंजली योग समिति नेपालको आयोजनामा ९ दिने योग शिबिर गत जनवरी ६ बाट अनलाइन मार्फत सुरु भएको छ।
पानसमा दिप प्रज्वलित गरि पतंजली योग समिति नेपालका केन्द्रिय प्रभारीलब देव मिश्रले कार्यक्रमको सुरुवात गर्नु भएको थियो। श्लोकबाट आफ्नो भनाइ राख्दै मिश्रले मनको पूर्ण स्वस्थता,शरीरको स्वस्थता अनि त्त्यहाबाट निस्कने आत्माको जागृति नै योग भएको र त्यहिबाट उत्पन्न भै परमात्मासंग साक्षात्कार हुने प्रक्रिया नै योग भएको बताउनु भयो ।
तनाब नै मूल रोगको कारण भएकोले त्यसको उपचार पनि मनबाटै खोज्नु पर्ने हुदा यो सबैको सम्भब योगबाट मात्रै हुने हुदा सबैले योग गर्नु पर्ने बताउदै यो ९ दिनको कार्यक्रमले रोगको खोजि गर्न सहयोग पुराउने मा आफु विस्वस्थ रहेको बताउनु भयो।
कार्यक्रममा नासाका अध्यक्ष बिनय अर्यालले सबैलाई स्वागत गर्दै ९ दिने योग शिबिरले योग, शरीर र मनलाइ जोड्ने सक्ने बताउदै सबै प्रति आभार ब्यक्त गर्नु भयो । कार्यक्रममानासाको युथ कमिटिका संयोजक बिपुल खड्काले स्वागत गर्नु भएको थियो भने नासाका महासचिब कृष्ण श्रेष्ठले संचालन गर्नु भएको थियो।
९ दिन सम्म दैनिक ६-८ बजे साझ अमेरिकी पुर्बिय समय सम्म संचालन हुने कार्यक्रममा पतंजली योग समिति नेपालका केन्द्रिय प्रभारी,सह प्रभारी लगायत बिशिष्ठ प्रशिक्षकहरुले प्रशिक्षण दिने नेपालबाट संयोजन गरि रहनु भएका चितवन जिल्ला अध्यक्ष राम प्रसाद वस्तीले बताउनु भयो।
नेपालका ख्याती प्राप्त भजन गायक देव न्यौपाने को सुमधुर भजनबाट सुरु भएको पहिलो दिनको योगकक्षा योगगुरु राम प्रसाद वस्तीले संचालन गर्नु भएको थियो। अमेरिका ,नेपाल लगायत अन्य देशबाट समेत सहभागीहरु जोडिएका ९ दिने शिविरमा पतंजली चितवन अध्यक्ष राम प्रसाद वस्ती,गण्डकी प्रदेश महामन्त्री गणेश आचार्य,केन्द्रिय युवा संयोजक लोकनाथ खनाल ,पुज्य सादवी देव कृपा,प्रदेश ३ महामन्त्री सुधा कलोनि ,प्रदेश २ प्रभारी ग्रोबेन तौज्ल्य,
प्रदेश ३ का सल्लाहकार राजन खड्का ,केन्द्रिय सहप्रभारी ललित शंकर योगी ,केन्द्रिय प्रभारी लब देब मिश्र लगाएतका प्रशिक्षकहरुबाट संचालन हुने योग शिबिरमा मेडिकल डाक्टर मुकेश यादबको समेत कक्षा रहने जनाइएको छ।
यसरी नेपाल भन्दा बाहिर संचालन भएको पत्न्जली योग समिति नेपालको यो पहिलो कार्यक्रम पनि भएकोले योगको प्रभावकारिता बढाउने हेतुले कार्यक्रमको अन्तिम दिनमा पतंजली हरिद्वारका प्रमुख व्यक्तित्व आचार्य बालकृष्ण स्वामीको समेत उपस्थिति हुन सक्ने जनाइएको छ।
९ दिने कार्यक्रममा तलको लिंकबाट जोडिन सकिन्छ।
Links below to participate in this exciting event!
Sign up link: https://forms.gle/
Zoom link: https://zoom.us/j/97319005669?
Meeting ID– 973-1900-5669
Password-996171
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया