सदनमा प्रहरीलाई आक्रमण गर्ने सदिग्धको तस्बिर सार्वजनिक,एफबिआइद्वारा व्यापक खोजी
अमेरिकी सदनमा दंगा गर्ने सदिग्धको एफबिआइले तस्बिर सार्वजनिक गर्दै उनीहरुको व्यापक खोजी गरि रहेको जनाएको छ । गत जनवरी ६ बुधबारका दिन अमेरिकी सदनमा निर्वाचित राष्ट्रपति जो बाइडेनलाई उनले प्राप्त गरेको निर्वाचकीय मतलाई प्रमाणित नगर्न आयोजना गरिएको ट्रम्पका समर्थकले सदनमा तोडफोड र प्रहरीलाई आक्रमण समेत गरेका थिए ।
अहिले एफबिआइले उनीहरुलाई खोज सूचीमा (वानटेड)राखेको छ । उक्त दंगा तथा उपद्रवमा कम्तिमा एक प्रहरी सहित ५ जनाको निधन भएको थियो । अमेरिकी संघीय अनुसन्धान बिभाग(एफबिआइ)ले आइतबार सदनको रक्षाको लागि खटिएका प्रहरीहरुलाई आक्रमण गरेकोमा व्यापक खोज तलास गरि रहेका छन ।
उक्त दंगामा एक कानुन प्रवर्तक(ल इनफोर्समेन्ट)का अधिकारी घाइते भएका थिए भने उनि आक्रमणको कारण हल्का हृदयघातबाट पीडित हुनु परेको थियो । माइकल फ़ेनोन नामक प्रहरी अधिकारीलाई पटक पटक आक्रमण गरिएको थियो ।
जसको कारण उनि २ दिन अस्पताल बस्नु परेको थियो । गत बिहिबार उनि सहित अन्य २ जना आक्रमणमा परेका प्रहरीहरुले एबिसी७ न्यूजलाई अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्तामा उनीहरुले ट्रम्पका समर्थकहरुले गरेका आक्रमणका घटना सुनाएका थिए ।
फ़ेनोनका अनुसार दंगाकारीले उनले लगाएको लुगा तथा बिल्ला समेत तानेका थिए । साथै उनको बन्दुक समेत खोस्न खोजेका थिए । उनको बन्दुक खोस्ने प्रयास गरे पछि उनले अन्य मानिसअरुलाई मार्छन भन्ने उनले लागेको अन्तर्वार्तामा बताए ।
उनले सम्झदै भने उसको बन्दुकले उसैलाई मार भनेको सुनेको बताए । आफूलाई आधा दर्जन पटक घाटीको पछाडी आक्रमण गरेको उनले बताए । डिसी महानगर प्रहरी बिभागले सबै समुदायलाई उनीहरुको पहिचान गर्न र सहयोग गर्न आह्वान गरेको छ ।
श्रोत :एबिसीन्युज७ डटकम
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया