कमला ह्यारिसले अधिकारिक रुपमा सोमबार सिनेटर पदबाट राजीनामा दिने
निर्वाचित उपराष्ट्रपति तथा सिनेटर कमला ह्यारिसले आधिकारिक रुपमा जनवरी १८ सोमबार सिनेटर पदबाट राजीनामा दिने भएकी छिन । उनका सहायकले उक्त जानकारी गराएका हुन ।
आगामी जनवरी २० का दिन उनले उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्दैछिन । उनले सपथ ग्रहण गर्नु २ दिन अगाडी राजिनामा दिन लागेकी हुन । उनि अमेरिकी इतिहासमा महिला उपराष्ट्रपतिमा निर्वाचित हुने प्रथम अस्वेत,प्रथम दक्षिण एसियाली तथा प्रथम महिला हुन् ।
उनका सहायकका अनुसार ह्यारिसले राजिनामाको प्रक्रिया प्रारम्भ गरि सकेको र क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमलाई दिई सकेकी छिन । ह्यारिसले सिनेट मंचमा बिदाई मन्तब्य राख्ने छैनन । ह्यारिस नोभेम्बर २०१६ मा सिनेट पदमा बिजयी भएकी थिइन् भने उनले जनवरी २०१७ मा सपथ लिएकी थिइन् । उक्त समयमा उनि क्यालिफोर्नियाकी महा न्यायाधिवक्ता रहेकी थिइन।
गभर्नर न्युसमले उनको उक्त रिक्त पदमा क्यालिफोर्नियाका राज्य सचिव एलेक्स पाडिलाको नाम सिफारिस गरि सकेका छन् । उनले आगामी बुधबार सपथ लिने छन् ।
निर्वाचित उप राष्ट्रपति कमला ह्यारिसले उपराष्ट्रपतिमा बिजयी भए पछि म यस कार्यालयमा पहिलो महिला बन्ने हुन् सक्छु तर म अन्तिम हुने छैन भनेको मन्तब्य त्यतिकै चर्चा परिचर्चामा रहेको छ । उनको उक्त मन्तब्य नयाँ सबै पिढीहरुलाई उत्प्रेरणादायक भएको छ ।
श्रोत : सिएनएन
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
हार्दिक धन्यवाद ज्ञापन – १११औँ अन्तरष्ट्रीय नारी दिवस
मिथिला महोत्सव अमेरिका २०२१ कला प्रदर्शनीका लागि १० जना महिला सहित ११ कलाकारहरुको कलाकृति छनौट
विष्णुमायाको संघर्षको कथाले सहभागीका आँखा रसाए
प्रतिक्रिया