मंगलबार, फागुन २५ २०७७
काठमाडौं ०१:१६
वासिङटन डिसी 14:31

अमेरिकाको मिजौरीकी एक महिला सदनमा भएको दंगामा सभामुख पेलोसीको नामपट्ट प्रदर्शन गरेकोमा अभियोग

इनेप्लिज २०७७ माघ ४ गते १५:११ मा प्रकाशित

अमेरिकाको मिजौरी राज्यकी एक महिलाले गत जनवरी ६ बुधबारका दिन अमेरिकी सदनमा भएको दंगामा सभामुख न्यान्सी पेलोसीको नेमप्लेट (नामपट्ट) प्रस्तुति गरेको कारण उनलाई संघीय अधिकारीहरुले अभियोग लगाएका छन ।

उनलाई सदन आक्रमण र दंगाको क्रममा उनले सभामुख न्यान्सी पेलोसीको नामपट्ट प्रस्तुत गरेकोले उनलाई आरोप लगाइएको हो । सामाजिक संजालको कारण उनलाई पहिचान गरिएको हो । कम्तिमा ३ जना व्यक्तिहरुले उनको नाम एमिली हर्नान्डेज भएको बताएका थिए ।

उनि मिजौरीको सुलिभन शहरकी भएको एफबिआईले जनाएको छ ।

सूचना दिनेले एफबीआईलाई हर्नान्डिजको सामाजिक संजाल पन्ना (फेसबुक) बाट तस्बिर पठाए पछि उनी सदन भित्र रहेको पुष्टि भएको छ । दोस्रो सूचना दिनका अनुसार हर्नान्डिजको सामाजिक संजाल स्नापच्याटबाट एक स्क्रिनसट(काँचपर्दा तस्बिर )संघीय अधिकारीहरुलाई हिस्सा गरेका थिए ।

हर्नान्डेजलाई अझै पनि संघीय अधिकारीहरुले पक्राउ गरेका छैनन । उनीलाई गैरकानूनी प्रवेश, अराजक वा विघटनकारी आचरणमा संलग्न हुने र संघीय सम्पत्ति चोरेको आरोप लगाइएको एफबीआईले जनाएको छ ।

संघीय अधिकारीहरूका अनुसार क्यापिटल(सदन) दंगाको सम्बन्धमा १ सय २० भन्दा बढी व्यक्तिहरु पक्राउ गरि सकिएको छ । क्यापिटल अर्थात् सदनमा भएको दंगा र आक्रमणमा सदनका प्रहरी अधिकारी सहित ५ जनाको मृत्यु भएको थियो ।

श्रोत :न्युयोर्क पोष्ट

प्रतिक्रिया